News Portal

देशव्यापी यात्रामा निस्किँदै राप्रपा नेतृ खुश्बु ओली, सातै प्रदेशका युवासँग संवाद गर्ने तयारी

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरु गर्ने भएकी छन्।

अबको केही हप्तामा नेपालको सुदूरपश्चिमबाट सो यात्रा सुरु गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको ओलीले जानकारी दिएकी छन्।

पहिलो चरणमा उनी सुदूपश्चिमका ९ वटै जिल्ला घुम्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने योजना छ।

स‌ंवाद यात्रा थाल्नुअघि उनले भनेकी छन्, ‘आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जननतालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरू आशाको किरण देखाउनु र उनीहरूलाई देशमा नै राख्नु हो।’

उक्त अभियानअन्तर्गत सातै प्रदेशमा घुम्ने, विशेषत: युवासँग अन्तरक्रिया गर्ने, उनीहरूका समस्या सुन्ने र समाधानको बाटो पहिल्याउने उद्देश्य रहेको उनको भनाइ छ।

एउटा जिम्मेवार नागरिक र राजनीतिक दलको नेताको हैसियतमा देशले अहिले भोगेका समस्या समाधान गर्न पहल गर्नु आफ्नो दायित्व भएको उनले बताइन्।

‘आज प्रमुख राजनीतिक दलहरु सत्ता र शक्तिमा मात्र केन्द्रित हुँदा जनतासँगको सम्पर्क र संवाद टुटेको छ। यो सम्पर्क र संवादलाई पुनर्स्थापित गर्न मेरो यात्राले केही योगदान गर्नेमा म विश्वस्त छु’, ओलीले भनिन्।

उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य भए पनि यो यात्रालाई सबै राजनीतिक दलहका युवा र कार्यकतालाई जोड्ने योजना रहेको बताइन्।

‘यो यात्रामा विशुद्ध राजनीतिभन्दा पनि समाजमा रहेका समस्या पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट गर्ने हो’, उनले भनिन्, ‘यस क्रममा मैले प्रदेश र जिल्लाको स्थानीय तहमा पुगेका समाजका सबै तह र तत्काका मानिसलाई भेट गर्ने र उनीहरूसँग अन्तरक्रिया गर्ने योजना बनाएको छु। यति मात्र होइन्, नागरिक समाज, स्वतन्त्र बद्धिजीवी लगायतका सबै पेसा र व्यवसायका व्यक्तिसँग मैले अन्तरक्रिया गर्ने छु। मलाई सबैको पूर्ण सहयोग हुने कुरामा म विश्वस्त छु।’

देशको आजको अवस्था कुनै एक राजनीतिक दल र व्यक्तिका कारण उत्पन्न भएको नभई यसमा हामी सबै राजनीतिक दल धेरथोर जिम्मेवार रहेको उनले बताइन्।

यात्रामा त्यहाँको वस्तुसस्थितिबारे एक बृहत् रिपोर्ट, भिडिओ सामाग्री तयार पार्ने र सरकार र सम्बन्धित निकायलाई बुझाउने योजना रहेको उनले जानकारी दिइन्। आफ्नो यात्राले अहिले देशले भोगेका समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास उनले गरेकी छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...