News Portal

देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ : रवि लामिछाने

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।

रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै तिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गरे।

उनले भने, ‘दुई तिहाइको सरकार नै सबैभन्दा बढी अस्थिर छ। जनतामा आशा पलाउनुपर्ने हो, प्रधानमन्त्रीमा कन्फिडेन्ट आउनुपर्ने हो। मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो। तर, खै देखिँदैन। यता टिसर्ट लगाएको मान्छे समातेको छ उता उपसभामुखलाई तान्नेकि त्यतातिर लागेको छ।’

दुई तिहाइ सरकारको कुनै प्राथमिकता नभएको भन्दै संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्न नमिल्ने तर्क गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...