News Portal

राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौँ। आज राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शनको गरेको छ।

मोर्चाले नेपालको संविधान जलाएर प्रदर्शन गरेको हो। मधेश केन्द्रित राजनीतिक दलहरूले विगतमा पनि संविधान अपूरो रहेको भन्दै यसको विरोध गर्दै आइरहेका छन्।

उनीहरूले संविधानले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएको बताउने गरेका छन्।

मोर्चाले गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज तिन कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रष्टाचारीलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, नेपा: मण्डल कायम गर लगायतको नारा लगाएर प्रदर्शन गरेको हो।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी , जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान, रविन्द्रकुमार श्रेष्ठ, जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसीलगायतले आफ्नो धारणा राखेका थिए।

साथै महतो, सायमी, केशव झा, श्रेष्ठ, राजिव झा, पूर्वमन्त्री राम नरेश राय, पूर्वमन्त्री ओमप्रकाश गुल्जारीलगायतले सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहीन बनाउन नहुने भन्दै सर्वोच्चको फैसलाको विरोध गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...