News Portal

कांग्रेस लुम्बिनीकी सचेतकले दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
२७१ पटक

रुपन्देही। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएको बताइन्।

पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज उठाइरहेकी सांसद गिरीको राजीनामाले कांग्रेसभित्र थप विवाद बढाएको छ।

सो पार्टीका २७ जनामध्ये ९ महिला सांसद रहेकोमा उनीहरुमध्येबाट मन्त्रीमा समेटिनुपर्ने माग गर्दै गिरीकै नेतृत्वमा आइतबार संसदीय दलका नेतालाई दबाबसहितको पत्र बुझाइएको थियो।

प्यूठानबाट समानुपातिक सांसद बनेकी उनी गठबन्धनबाट मन्त्री आकांक्षी भएपनि भागबन्डामा परिनन्। संसदीय दलमा संस्थापन समूहको बहुमत रहेको र उनी इतर समूहमा रहेकाले नसमेटिएको विषय बाहिर आएको थियो।

मन्त्रीमण्डलमा नसमेटिएपछि यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए। सांसद गिरीले भने आफू मन्त्री नबनेका कारण राजीनामा नदिएको दाबी गरिन्।

‘म मन्त्री बन्न नपाएर राजीनामा दिएको होइन, मेरो समय नमिलेर हो, हिजोको डेलिगेशन मेरो लागिभन्दा पनि ९ जना महिला सांसदमध्येबाट मन्त्री बनाउनुपर्ने भन्ने हो, म सधैं समावेशी सहभागिताको बहस गर्ने व्यक्ति हुँ’, उनले भनिन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...