News Portal

कांग्रेस लुम्बिनीकी सचेतकले दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
३२२ पटक

रुपन्देही। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएको बताइन्।

पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज उठाइरहेकी सांसद गिरीको राजीनामाले कांग्रेसभित्र थप विवाद बढाएको छ।

सो पार्टीका २७ जनामध्ये ९ महिला सांसद रहेकोमा उनीहरुमध्येबाट मन्त्रीमा समेटिनुपर्ने माग गर्दै गिरीकै नेतृत्वमा आइतबार संसदीय दलका नेतालाई दबाबसहितको पत्र बुझाइएको थियो।

प्यूठानबाट समानुपातिक सांसद बनेकी उनी गठबन्धनबाट मन्त्री आकांक्षी भएपनि भागबन्डामा परिनन्। संसदीय दलमा संस्थापन समूहको बहुमत रहेको र उनी इतर समूहमा रहेकाले नसमेटिएको विषय बाहिर आएको थियो।

मन्त्रीमण्डलमा नसमेटिएपछि यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए। सांसद गिरीले भने आफू मन्त्री नबनेका कारण राजीनामा नदिएको दाबी गरिन्।

‘म मन्त्री बन्न नपाएर राजीनामा दिएको होइन, मेरो समय नमिलेर हो, हिजोको डेलिगेशन मेरो लागिभन्दा पनि ९ जना महिला सांसदमध्येबाट मन्त्री बनाउनुपर्ने भन्ने हो, म सधैं समावेशी सहभागिताको बहस गर्ने व्यक्ति हुँ’, उनले भनिन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...