News Portal

धनराज गुरुङमाथि गहिरो छानबिन होस्: विश्वप्रकाश शर्मा

गणेशदर्पण अधिकारी
३३२ पटक

मकवानपुर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्।

आइतबार कांग्रेसको केन्द्रीय स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने धारणा राखेका हुन्।

‘आरोप लागेपछि स्वयम् उपसभापति गुरुङले समेत संसद्‌मा आफूमाथि छानबिनका लागि आग्रह गर्नुभएको छ। आफूलाई नयाँ भन्ने पार्टीका साथीहरूले हाम्रो सभापतिलाई फसाउन खोजियो, छानबिन गर्न पाइँदैन भन्नुभयो’, राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेप्रति इङ्गित गर्दै उनले भने, ‘म हेटौंडामा उभिएर एउटा पुरानो पार्टीको महामन्त्रीले मेरै पार्टीको उपसभापतिलाई गहिरोसँग छानबिन गरियोस् भन्ने माग गर्दछु। जन्म मितिले कुनै दल नयाँ हुने होइन, कामले नयाँ हुनुपर्‍यो। प्रवृत्ति र संस्कृति नयाँ हुनुपर्‍यो।’

फरक प्रसङ्गमा उनले पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि धेरै योगदान पुर्‍याइसकेकोले अब त्याग गर्ने बेला आएको बताए। ‘हाम्रो सभापतिको नेतृत्वमा सबै काम भयो अब उहाँले एउटै काम गर्न बाँकी छ, त्यो हो त्याग। सभापतिज्यूलाई अनुरोध छ केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस्। २०८४ पछि कसलाई बनाउने हामी चिन्ता गरौंला’, उनले भने।

०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको भन्दै उनले आफू पनि त्याग गर्न तयार रहेको बताए। ‘ अरु देशमा सरकार बनाउँछन् चलाउनका लागि, हाम्रो देशमा बनाउँछन् ढलाउनका लागि’ भने झैँ भाष्य निर्माण भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले अब संविधानमै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको औंल्याए।

नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका निम्ति छलफल चलाइरहेको महामन्त्री शर्माले जानकारी दिए।

यस्तै, स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई उनले नागरिकले स–सानो सुधार खोजेको जानकारी दिँदै मुस्कानसहितको सेवा नभई मुस्कुराउँदै जाने, मुस्कान दिने सेवा खोजेको बताए।

‘पार्टी भन्दा म ठूलो हुँ भन्ने पनि केहीलाई लाग्ने गरेको पाइएको छ। कांग्रेसले मलाई उम्मेदवार बनाएकोले जितेको हो भन्दिने गरेको पनि सुनिएको छ।’, उनले भने, ‘रुख बाहेक अरु चुनाव चिन्हबाट उठेको भए अवस्था के रहन्थ्यो भन्ने पनि सोच्नुहुन अनुरोध गर्दछु।’

स्थानीय तहका जनप्रतिनिधिले घोषणापत्रमा लेखिएको अनुसार के कति काम भयो भनेर स्वमूल्याङ्कन गर्ने बेला आएको स्मरण गराए। पार्टीले गरेका राम्रा कामहरूलाई प्रचार गर्न समेत उनले अनुरोध गरे।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, महासमिति सदस्य प्रभातकुमार दाहाल लगायतले समसामयिक राजनीतिक अवस्थाको विषयमा धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...