News Portal

  • माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु दादागिरीको पराकाष्ट हो – बर्तौला

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    काठमाडौं। नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भनेर दादागिरी देखाएको टिप्पणी गरेका छन्।

    संसद्को नेता सभामुख हुने र सभामुखले भनेको सबैले मान्नुपर्ने बताउँदै उनले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु अराजकता हुने बताएका हुन्।

    ‘उहाँहरुले गरेको कुरै मिलेन। हामी संसदलाई व्यवस्थित रुपमा अगाडि लान चाहन्छौं। सभामुखको विरुद्धमा आन्दोलन भनेको के हो ? उहाँहरुले बैठक चल्न दिन्नँ भनेको सभामुलाई अस्वीकार गर्छौं भन्न खोज्नुभएको होईन ? यस्तो भन्न मिल्छ भनेको ? कुन नियमावलीअनुसार, संविधानको कुन धारा बमोजिम सभामुखको विरुद्धमा उहाँहरुले संसद्मा आन्दोलन गर्नुहुन्छ ? सभामुखले भनेको नमान्ने हो भने कसले चलाउने हो संसद् ? यो त उहाँहरुको दादागिरीको पराकाष्ट भएन ? यसरी सभाखुलाई धम्क्याउने, चेतावनी दिने कुरा मिलेन। उहाँहरुले सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने।

    एमाले सांसद योगेश भट्टराईले संसद्मा सम्बोधन गर्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएका थिए। उक्त शब्दलाई लिएर माओवादीले नियमापत्ति जनाएको थियो। नियमापत्तिलगत्तै सभामुख देवराज घिमिरेले छानविनको लागि संसद् सचिवाललाई निर्देशन दिएका थिए।

    अघिल्लो संसद्मा सभामुख घिमिरेले योगेशले बोलेको हिंसा शब्द संसदीय नै रहेको बताएका थिए। सरकारमाथि हिलो छ्याप्ने कुनै मुद्दा नभएपछि माओवादी सभामुखको विरुद्धमा लागेको उनको आरोप छ।

    बिस्तृत शान्ति सम्झौताले नै माओवादी सशस्त्र संघर्षलाई हिंसाको रुपमा स्विकार गरेको उनको दाबी छ। माओवादीले यो विषयलाई अनावश्यक रुपमा मसला बनाएको र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन नदिन खोजेको हो कि भन्ने आफूहरुलाई लागेको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...