News Portal

माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु दादागिरीको पराकाष्ट हो – बर्तौला

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं। नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भनेर दादागिरी देखाएको टिप्पणी गरेका छन्।

संसद्को नेता सभामुख हुने र सभामुखले भनेको सबैले मान्नुपर्ने बताउँदै उनले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु अराजकता हुने बताएका हुन्।

‘उहाँहरुले गरेको कुरै मिलेन। हामी संसदलाई व्यवस्थित रुपमा अगाडि लान चाहन्छौं। सभामुखको विरुद्धमा आन्दोलन भनेको के हो ? उहाँहरुले बैठक चल्न दिन्नँ भनेको सभामुलाई अस्वीकार गर्छौं भन्न खोज्नुभएको होईन ? यस्तो भन्न मिल्छ भनेको ? कुन नियमावलीअनुसार, संविधानको कुन धारा बमोजिम सभामुखको विरुद्धमा उहाँहरुले संसद्मा आन्दोलन गर्नुहुन्छ ? सभामुखले भनेको नमान्ने हो भने कसले चलाउने हो संसद् ? यो त उहाँहरुको दादागिरीको पराकाष्ट भएन ? यसरी सभाखुलाई धम्क्याउने, चेतावनी दिने कुरा मिलेन। उहाँहरुले सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने।

एमाले सांसद योगेश भट्टराईले संसद्मा सम्बोधन गर्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएका थिए। उक्त शब्दलाई लिएर माओवादीले नियमापत्ति जनाएको थियो। नियमापत्तिलगत्तै सभामुख देवराज घिमिरेले छानविनको लागि संसद् सचिवाललाई निर्देशन दिएका थिए।

अघिल्लो संसद्मा सभामुख घिमिरेले योगेशले बोलेको हिंसा शब्द संसदीय नै रहेको बताएका थिए। सरकारमाथि हिलो छ्याप्ने कुनै मुद्दा नभएपछि माओवादी सभामुखको विरुद्धमा लागेको उनको आरोप छ।

बिस्तृत शान्ति सम्झौताले नै माओवादी सशस्त्र संघर्षलाई हिंसाको रुपमा स्विकार गरेको उनको दाबी छ। माओवादीले यो विषयलाई अनावश्यक रुपमा मसला बनाएको र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन नदिन खोजेको हो कि भन्ने आफूहरुलाई लागेको उनले बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...