News Portal

किन गए माधव नेपाल दिल्ली ?

हिमालीसंचार संवाददाता
२५७ पटक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिबेला भारतको नयाँ दिल्लीमा छन्।

उनी शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली गएका हुन्। भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन उनी नयाँ दिल्ली गएको पार्टीका एक पदाधिकारीले जानकारी दिए।

‘शुक्रबार बेलुकी नै जानुभएको हो,’ ती पदाधिकारीले भने, ‘अन्तिम संस्कारमा सहभागी भएर एक दुई दिनभित्रै फर्कने कुरा छ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको अन्य भेटघाटका कार्यक्रम भने तय नभएको ती पदाधिकारीले बताए।

दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका यचुरीको बिहीबार निधन भएको थियो।

उनको शरिर अन्तिम संस्कारका लागि पार्टी मुख्यालयमा राखिएको छ। यचुरीको अन्तिम संस्कारमा सहभागी हुन नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाउने निर्णय पार्टी बैठकबाटै गरेको थियो।

येचुरी अगस्ट २९ सम्म सामाजिक सञ्जालमा सक्रिय थिए। येचुरी सन् १९९२ देखि सीपीएमको पोलिटब्यूरोको सदस्य थिए।

यसअघि, उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाको सांसद थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...