आज : २०२६-०६-०८, सोमबार

‘सम्झना’

चिरबिर चिरबिर चरिको

साँझ हुन्थ्यो…!

सुन्दरताको रंगिन कलाको

माँझ हुन्थ्यो…!!

आज सुन्याँ लाग्छ यो ठाउँ

सपना जस्तै…!

समयको कहर रछ नसकिने

बदल्न कस्तै…!!

 

गाउँथे चरिबरि नाच्दै रम्दै

उड्दै वरिपरि…!

झस्कन्छु यहि बाटो मोटर

गुड्दै घरिघरि…!!

 

बित्यो सैशबकाल रम्दै

यस्को छातिमा…!

जिस्क्याउँथे झ्याउँकिरि

वरिपरि रातिमा…!!

 

बिसाउथे भारी थकित

भरिया छाँयामा…!

ठट्टिदै तरुण मस्किन्थे

बैसालु मायामा…!!

 

आज यो कथा बन्यो

बाँचुन्जेल तर्साउँने…!

पात सुके हाँगा कुहिए

केवल याद बर्साउँने…!!

– तपिकुमार सिंह ठकुरी