News Portal

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

हिमालीसंचार संवाददाता
५२९ पटक

भक्तपुर। भक्तपुरस्थित गठ्ठाघरमा मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएको महिलाको पहिचान खुलेको छ।

उक्त महिला दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन्। सुस्मा काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्।

उनीको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो। स्थानीयका अनुसार सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको हो।

यो पनि पढ्नुहोस्।

– गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

– गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

प्रहरीले दुर्घटनापछि ट्रक चालक फरार रहेको बताएको छ। उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...