News Portal

आगो निभाउँन दमकल त पुग्यो तर पानी लान बिर्सियो !

हिमाली संचार संवाददाता
८२२ पटक

पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी भर्न फेरि दमकल फर्किएको थियो ।

दमकलमा पानी नहुँदा आगलागीबाट सबै खर पराल जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ७० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी भएको थियो ।

आइतबार बिहान साढे ४ बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीहरुले असन्तुष्टी जनाएका छन् । गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...