News Portal

आगो निभाउँन दमकल त पुग्यो तर पानी लान बिर्सियो !

हिमाली संचार संवाददाता
८६६ पटक

पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी भर्न फेरि दमकल फर्किएको थियो ।

दमकलमा पानी नहुँदा आगलागीबाट सबै खर पराल जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ७० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी भएको थियो ।

आइतबार बिहान साढे ४ बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीहरुले असन्तुष्टी जनाएका छन् । गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको हो ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...