News Portal

धरानमा एम्स एसइइ रन प्रतियोगिता हुने

विकास चाम्लिङ राई, धरान
१९५ पटक

जेठ-२२, मंगलबार/धरान – एम्स क्रियटिभ ग्रुपको आयोजनामा यहि जेष्ठ-२६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता धरानमा हुने भएको छ ।

विशेष गरी एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आइतवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ।

विद्यार्थीहरु विच भाइचारा बढाउन, खेलकूदको शहरको रुपमा परिचित धरानलाई शिक्षा र खेलकुदको माध्यमबाट थप प्रोत्साहित गर्नका लागि दौड प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको आयोजक क्रियटिभ ग्रुपका अध्यक्ष अंकित श्रेष्ठले वताए। प्रतियोगितामा चार सय भन्दा बढिले सहभागिता जनाउने आयोजकले जनाए ।

दौडमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडिहरुले जनहि नगद ५ हजार, ३ हजार, एक हजार, ट्रफी, मेडल, प्रमाणपत्र र प्लस टु कक्षामा छात्रवृती प्राप्त गर्नेछ। पहिलो हुनेले शतप्रतिशत, दोस्रोले ५० प्रतिशत र तेस्रो हुनेले ३५ प्रतिशत छात्रवृति प्राप्त गर्ने छन्। आयोजकका अनुसार विद्यार्थी बाहेकका खेलाडिले समेत दौडमा सहभागिता जनाउन पाउने छन् । 

चार किलोमिटर दुरिको दौड प्रतियोगिता चतरा लाइन स्थित एम्स एकेडेमिबाट सुरु भएर छाता चौक, भानुचौक, पुतली लाइन, दुर्गा चौक, कल्याण चौक, पानीट्याङकी हुदै एम्स एकेडेमिमा नै आएर समापन हुने छ। प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग रहने रहने छ ।

प्रतिकृया दिनुहोस्

नाउपा विवाद: संसदीय दलको नेताबाट रन्जितालाई हटाइयो

काठमाण्डौ। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन्। बहुमत प्रतिनिधि सभा...

मोरङको कटुन खोलाको पुल बिधार्थीहरुले मर्मत गरे

असार-१७, सोमबार/मोरङ – माेरङकाेे रतुवामाई नगरपालिकाकाे बडा नम्बर ५ र ६ काे बिचमा रहेको  कटुन...

मोरङको दलेली राजगंज सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ती

असार-१६, आइतबार/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित दलेली चोकदेखि राजगंज जोडने  सडक  स्तरोन्नती गर्ने शहरी...

नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध !

कुवेत– पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामानिर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले...

मोरङको रंगेलीमा विभिन्न संस्था र नगरपालिकाको सहकार्यमा १५ दिने तालिम प्रदान

असार-१५, शनिबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमीक सृजनशिल महिला समाज नेपालको आयोजना तथा...

फेसबुक

 

अध्यक्ष : हरि बहादुर बानियाँ

प्रधान सम्पादक : संजीव कुमार राई

कार्यकारी सम्पादक : कमल सिंह

सम्पादक : सुजन कँडेल

साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

विशेष प्रतिनिधि/संवाददाता :
१) नवराज राई (संखुवासभा)
२) रबिन्द्र बराल (मोरङ)
३) राम प्रसाद ढुंगेल (युएई)
४) युवराज राई (हेटौंडा)
५) अमृता राई (इलाम)

बिज्ञापनका लागि :
कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

सम्पर्क नम्बर : 9862181818

ईमेल : [email protected]

दर्ता न. : ३१४७ (सूचना विभाग)

पुरा टीम

Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal