News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करण आगामी १४ जुन २०२४ शुक्रबारका दिन कुवेतको अबुहालिफास्थित अल-साहिल क्लवको सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने जनाएको छ।

    सन २०१२ देखी कुवेतको नेपाली समुदायमा कृयाशिल रहँदै आएको मगर संघ कुवेतले लखन थापामगर गोल्ड कपको पहिलो संस्करण ०७ फेब्रुअरी २०१४ मा सम्पन्न गरेको थियो। जसमा SDFC सेक्युरिटी टिम बिजेता र आयोजक मगर संघ उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।

    यसैगरी विविध प्राविधिक कारणवश अनिश्चित कालसम्मको लागि स्थगित गरिएको गोल्ड कपलाई करिब ७ बर्ष लामो बिश्राम पश्चात सन २०२३ मा पुन. निरन्तरता दिई तेश्रो संस्करण सम्पन्न गरिएको थियो। जसमा कल्याणकारी नेपाली युवा समाज बिजेता र आयोजक मगर संघ टिम उपबिजेता बनेका थिए।

    मगर संघ कुवेतले उक्त गोल्ड कप आयोजना गरिने दिन नेपाली समाज कुवेतमा कसैले पनि अन्य कार्यक्रमको आयोजना नगरी टुर्नामेण्टलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा आम खेलप्रेमी दर्शक महानुभावहरुलाई अनुरोध गर्दै सबैको साथ सहयोग र सल्लाह, सुझावको अपेक्षा गरेको छ।

    मगर संघ कुवेतको गत ०८ मार्च २०२४ शुक्रबारका दिन कुवेतको फर्वानिया गार्डेनमा कार्यवाहक अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको १४३औं नियमित बैठकले यस गोल्ड कपको चौंथो संस्करण मगर संघ कुवेतको १३औं स्थापना दिवशको अवसर पारेर आयोजना गर्ने निर्णय गर्दै कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई टुर्नामेण्टमा सहभागी भई खेलको कौशलता प्रदर्शन गरी गोल्ड कपको उपाधी चुम्न आव्हान गरेको छ।

    प्रतिकृया दिनुहोस्

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द...

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...