News Portal

कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

हिमालीसंचार संवाददाता
३०४ पटक

कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करण आगामी १४ जुन २०२४ शुक्रबारका दिन कुवेतको अबुहालिफास्थित अल-साहिल क्लवको सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने जनाएको छ।

सन २०१२ देखी कुवेतको नेपाली समुदायमा कृयाशिल रहँदै आएको मगर संघ कुवेतले लखन थापामगर गोल्ड कपको पहिलो संस्करण ०७ फेब्रुअरी २०१४ मा सम्पन्न गरेको थियो। जसमा SDFC सेक्युरिटी टिम बिजेता र आयोजक मगर संघ उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।

यसैगरी विविध प्राविधिक कारणवश अनिश्चित कालसम्मको लागि स्थगित गरिएको गोल्ड कपलाई करिब ७ बर्ष लामो बिश्राम पश्चात सन २०२३ मा पुन. निरन्तरता दिई तेश्रो संस्करण सम्पन्न गरिएको थियो। जसमा कल्याणकारी नेपाली युवा समाज बिजेता र आयोजक मगर संघ टिम उपबिजेता बनेका थिए।

मगर संघ कुवेतले उक्त गोल्ड कप आयोजना गरिने दिन नेपाली समाज कुवेतमा कसैले पनि अन्य कार्यक्रमको आयोजना नगरी टुर्नामेण्टलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा आम खेलप्रेमी दर्शक महानुभावहरुलाई अनुरोध गर्दै सबैको साथ सहयोग र सल्लाह, सुझावको अपेक्षा गरेको छ।

मगर संघ कुवेतको गत ०८ मार्च २०२४ शुक्रबारका दिन कुवेतको फर्वानिया गार्डेनमा कार्यवाहक अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको १४३औं नियमित बैठकले यस गोल्ड कपको चौंथो संस्करण मगर संघ कुवेतको १३औं स्थापना दिवशको अवसर पारेर आयोजना गर्ने निर्णय गर्दै कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई टुर्नामेण्टमा सहभागी भई खेलको कौशलता प्रदर्शन गरी गोल्ड कपको उपाधी चुम्न आव्हान गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...