News Portal

साल्पा-सिलिचुङमा “सुम्निमा-पारुहाङ र मुन्दुमी नक्छो”को प्रतिमा अनावरण

हिमालीसंचार संवाददाता
४८१ पटक

बैशाख-९, खोटाङ – किरात समुदायका विशेष धार्मिक, मुन्दुमी तथा पर्यटकीय स्थल साल्पा-सिलिचुङमा किराती पुर्खा “सुम्निमा-पारुहाङ र मुन्दुमी नक्छो”को प्रतिमा साल्पा पोखरीमा अनावरण गरिएको छ।

खोटाङ, भोजपुर र सोलुखुम्बु जिल्लाको संगम स्थल साल्पा पोखरीमा विश्वका विभिन्न देशहरुमा कर्मथलो बनाउदैं आएका किरात समुदायको महानुभावहरुको विशेष पहलमा “सुम्निमा-पारुहाङ र मुन्दुमी नक्छोको प्रतिमा निर्माण गरेर साल्पा पोखरीमा प्रतिमा अनावरण गरिएको हो। 

विश्वभर रहेका किरात समुदायहरुबाट आर्थिक सहयोग रकम संकलन गरेर किरात समुदायका पुर्खा “सुम्निमा-पारुहाङ र नक्छो”को प्रतिमा निर्माण गरेर साल्पा पोखरी क्षेत्रमा साल्पा-सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले निर्माण गरेको जनाएको छ।

गत बैशाख ६ र ७ गते साल्पा क्षेत्रमा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको विशेष उपस्थितिमा उक्त एतिहासिक किराती पुर्खा सुम्निमा-पारुहाङ र नक्छोको प्रतिमा अनावरण गरिएको हो। निकट भविष्यमा उक्त ठाउमा चिण्डो आकारको किरात मुन्दुमी गेट, माङखिम र किरात संग्राहलय समेत स्थापना गरिने समितिले जनाकारी दिए। 

किरात धार्मिक तथा मुन्दुमी स्थल सिलिचुङदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंगा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खला एवम् तराईका सुन्दर मनोरम फाटहरु अवलोकन गर्न सकिन्छ। त्यस्तै, सिलिचुङबाट नजिकैको टेम्के डाडा, मैयुङका फाट र लौरे डाडा लगायतका अग्लो डाडाहरु समेत देख्न सकिन्छ।

किरात समुदायको मुन्दुमी स्थल साल्पा पोखरीमा विशेष गरेर कात्तिक महिनाको पूर्णिमामा नक्छोहरुले आफ्नो मुन्दुम शक्ति सहित उपस्थित जनाउने प्रचलन रहेको छ। त्यस्तै, बैशाख, भदौ र फागुन महिनाको पूर्णीमामा समेत भव्यरुपमा मेला लाग्ने गर्दछ। 

साल्पा-सिलिचुङको दर्शनका लागि खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरुबाट तीर्थालु भक्तजनहरु साल्पा-सिलिचुङ दर्शन गर्नका लागि पुग्ने गरेका छन्। साल्पा दर्शन गर्न पुगेका तीर्थालु भक्तजनहरुले माङसंग मागेको बरदान पुग्ने जनविश्वास रहेको छ। साल्पासंग सन्तानको माग, बोली फुट्ने, नक्छोहरुले शक्ति आर्जनका लागि शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहेको छ। 

साल्पा पोखरी समुन्द्री सतहदेखि तीन हजार ६७२ मिटर र सिलिचुङ डाडा चार हजार एक सय ५५ मिटर उचाईमा रहेको छ। पछिल्लो तथ्यांक अनुसार नेपालको एक सय गन्तव्यहरु मध्ये मुन्दुम पदमार्ग पनी समावेश भएको छ। यस पदमार्गमा पछिल्लो समय होमस्टे, गोठस्टे समेत विस्तार गरिदै लगिएको छ। 

किरात समुदायको विशेष मुन्दुमी स्थल साल्पा-सिलिचुङका लागि किरात मिथक सम्बन्धि अध्ययन तथा अनुसन्धानका लागि भद्रगोल किराती, नारतमणी हार्ताम्छाली, भोगिराज चाम्लिङ, तारामणि राई, शालिक शतासक राई, कमलजंग राई, चन्द्र हतुवाली लगायतका अध्ययताहरुको एक टोली निर्माण गर्दैं किरात मिथकहरू सम्बन्धि खोज-अनुसन्धानका लागि उपसमिति समेत गठन गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...