News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    विकास चाम्लिङ राई, धरान
    ४१४ पटक

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा ओपन महिला/पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।

    सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि बैशाख-२९ गतेदेखि सुरु हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिमले सहभागिता जनाउने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए। प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

    त्यस्तै, महिलातर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै, व्याक्तिगत विद्यातर्फ प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुषतर्फ नगद १० हजार र महिलातर्फ नगद ५ हजार, ट्रफी, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृती प्राप्त गर्ने छन्। प्रतियोगिताको राइजिङ प्लेयरको पुरुषतर्फका उपाधि विजेताले नगद ५ हजार र महिलातर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

    थ्री पोइन्ट कम्पिटिसन हुनेः प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुने भएको छ। खेलाडिहरुको हौसला वढाउन पुर्व बास्केटवल खेलाडि तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन हुन लागेका हो। थ्री पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

    प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सम्पन्न हुने छ। प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्लाहरुबाट खेलाडीहरुले सहभागिता जनाउने छन्। प्रतियेगितामा धरान-२ स्थित अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्ट मूख्य प्रायोजकको रुपमा रहेको छ। अल्फा विटाले स्वदेशी तथा विदेशी अध्ययनका लागि परार्मश प्राप्त गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा संचालन गर्ने छन्।

    सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा विटाको सभा-हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० नं. वडाका वडाध्यक्ष विवेक राई, अल्फा विटाका प्रोपराइटर सन्जिव वान्तावा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुब्बा लगायत महानुभावहरुको विशेष उपस्थिति रहेको थियो ।
    तस्वीरः विकास चाम्लिङ राई, धरान

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

    पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि...

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक...