News Portal

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

हिमालीसंचार संवाददाता
३९५ पटक

यो पनि पढ्नुहोस्।

कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए

कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको कुनै सत्यता नभएको पुष्टी भएको छ।

अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको सकृयतामा कुवेतमा हुदै नभएको घटनालाई लिएर अफवाह फैलाउने उक्त व्यक्तिहरुलाई खोजि गरिएको थियो।

महाबुलास्थित नमस्ते नेपाली रेस्टुरेन्टमा २७ मार्चका दिन एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको सामु उनीहरुले अब कहिले पनि यस्तो गल्ती नदोहोराउने भन्दै माफी मागेका हुन । वैदेशिक रोजगारका लागि करिब सात महिना पहिले उनीहरु कुवेत आएका हुन । उक्त भिडियो पदम थापाले टिकटकबाट डाउनलोड गरेर जिवन गिरीलाई दिएको बताए।

जिवन गिरीले भिडियोमा आफ्नो आवाजमा इडिड गरेर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा आएका अप्रमाणित विषयलाई सत्य तथ्य नबुझी भ्रम नफैलाउन उपस्थित व्यक्तिहरुले ध्यानाकर्षण गराएका थिए । साथै सामाजिक संजालमा आएका भिडियोलाई तोडमोड गरी कुवेतमा रहेका नेपालीहरु र नेपालको बदनाम नगराउन एनआरएनए एनसीसी अध्यक्ष रणध्वज लामाले अनुरोध गरेका थिए।

कुवेतमा केही समय पहिले पनि बङ्गाली प्रेमी द्वारा नेपाली प्रेमिकाको हत्या गरिएको भनेर एउटा भिडियो भाईरल भएको थियो । तर त्यो भिडियोको पनि अहिलेसम्म कुनै पुष्टी भएको छैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...