News Portal

  • सिमा सुरक्षा बल नेपाल र भारतबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

    रबिन्द्र बराल, मोरङ
    २७६ पटक

    चैत्र-१३,मंगलबार/मोरङ – सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. ककालिनी-३ मोरंग र सीमा सुरक्षा बल र भारतबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। धनपालथान गाउँपालिका वडा नम्बर-३ स्थित १० मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको हो।

    खेलको उद्घाटन प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले पानसमा बत्ति बालेर खेलको उद्घाटन गर्नुका साथै रेफ्रीलाई बल हातमा दिएर खेल उद्घाटन गरिएको थियो। 

    अथितिमा रंगेली नगर  प्रमुख दिलिप कुमार अग्रवाल,  धनपालथानका अध्यक्ष जिवस प्रसाद गच्छदार, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, स.प्र.बल नेपाल नं. ३ गण कंकालिनी मोरङको गणपति विश्व बन्धु खड्‌का, भारतीय सीमा सुरक्षा चल 52 BN अररियाका कमाण्डेण्ड महेन्द्र प्रताप, भारतीय डिप्युटी कम्पनी कमाण्डर आनन्द प्रकाश यादव, सुरक्षा बलका AC सुमित मल्लिक,  सुरक्षा बलका AC C. भिभेक, स्थानीय, समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो। 

    राष्ट्रको सीमा सुरक्षासंग त्यस देशको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता जस्ता बिषयहरु जोडीएको र त्यसको अलावा राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका बिविध विषयहरु समेत यसै संग जोडिएर रहेको    हरेक राष्ट्रले सीमा सुरक्षालाई गहन र संवेदनशिल विषयको रुपमा ग्रहण गर्दै बिशेष प्राथमिकताका साथ सीमाको सुरक्षामा आफ्नो फौजहरुको परिचालन गरिरहेको बताए। 

    नेपाल-भारत सीमा सुरक्षाको लागि नेपाल राष्ट्रको तर्फबाट खटिएको स.प्र.बल, नेपाल र मित्र राष्ट्र भारतको तर्फबाट खटिएको सशस्त्र सीमा बल बिचको सुमधुर सम्बन्ध, समन्वय, सूचना आदन-प्रदान र आपसी भाईचारापनले सीमानामा हुने विभिन्न किसिमका सीमा अपराध नियन्त्रणका लागि महत्वपूर्ण भूमिका रहेको समेत बताए ।  

    सीमा सुरक्षाको विशेष जिम्मेवारी पाएको दुवै फौज बिच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन र सीमा इलाकामा बसोवास गर्ने स्थानीय जनताहरुको सुरक्षा फौज बति सकारात्मक धारणा विकास गर्न यस्ता किसिमका खेलकूद र गतिबिधीले थप टेवा पुन्याउँछ  भन्ने उद्देश्यका साथ नेपाल भारतको दगजामा मैत्रीपूर्ण भलिबल खेल संचालन गरिएको प्रमुख अतिथि अञ्जनी कुमार पोखरेलले बताए। 

    आयोजित खेल नेपालका सशस्त्र प्रहरी विजय भएको छ। विजेता र उपविजेता खेलाडीहरुलाई सशस्त्र प्रहरी र भारतीय एसएसपीहरूले दुबैतर्फबाट मेडल, सिल वितरण गरिएका थिए ।

    तस्वीर: रबिन्द्र बराल, मोरङ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...