News Portal

भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए

हिमालीसंचार संवाददाता
४१८ पटक

यो पनि पढ्नुहोस्।

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

कुवेत। हालसालै मात्र सामाजिक संजाल फेसबुक मेसेन्जर ग्रुपहरुमा कुवेतको खैतानमा एकजना नेपाली महिला र विदेशी पुरुषमाथी हालै घटेको घटना भनि घांटी रेटी हत्या भईरहेको भिडियो यत्रतत्र सर्वत्र फैलिरहेको छ।

उक्त फैलिरहेको घटनाप्रति गैरआवसिय नेपाली संघ ग्लोबल एनआरएनए कुवेतको ध्यानकर्षण भएकाे जनाउँदै मंगलवार एक विज्ञप्ति जारी गरिएको छ।

सो विज्ञप्तिमा भनिएको छ- यसको सत्य तथ्य बुझ्न हामीले नेपाली दुतावास कुवेतमा सम्पर्क गरि हेर्दा सो समचार गलत भएको पुष्टी भएको छ। पुरानो अन्त कतै घटेको घटनाको भिडियोमाथी भ्वांईस ओभर गरि हालसालै कुवेतमा नेपालीमाथी घटेको घटना भनि समाजमा भ्रम पैदा गरिएको र सो पोष्ट गर्ने व्याक्तिको पहिचान भई दुतावासले केरकारको लागी दुतावासमा बोलाईसकेको जानकारी प्राप्त भएको छ। सो भिडियो प्रति कोहि पनि भ्रमित नहुन सबैमा अनुरोध गर्दछौ।

यसरी जारी उक्त विज्ञप्तिमा भनिएको छ- पछिल्लो समय कुवेतको नेपाली समाज र राष्ट्रकै छवि गिर्ने खालका हुदै नभएका, यहांका नेपाली समाजभित्र घट्दै नघटेका घटनाहरुलाई कुवेतको नेपाली समाजसंग जोडेर अफवाह फैलाउने किसिमका भिडियो तथा पोष्टहरु गरेको पाईएको छ। जुन पुर्णगैरकानुनि कार्य रहेको भन्दै ग्लोबल एनआरएनए कुवेतले आपत्ति जनाएको छ।

ग्लोबल एनआरएनए कुवेतको आधिकारिक फेसबुक मार्फत जारी विज्ञप्तिमा भनिएको छ- सामाजिक संझाल सुचनाको मुख्य स्रोत हो, यसको सहि सदुपयोग गर्नुपर्छ। यसको दुरप्रयोग गरि गलत सुचनाहरु संम्प्रेशन गर्दा समाजमा भ्रम पैदा हुने र भोली आफैमाथी पनि अप्ठ्यारो स्थिति आउन सक्ने हुन्छ। कानुनी कार्वाहीको दायरामा पर्न पनि सकिन्छ। यसैले यस्ता बिषयहरुमा आफुलाई सधै सचेत राख्नुपर्छ। यस्तो अफवाह फैलाउने किसिमका तथ्यहिन समचारहरु जो कसैले पनि संप्रेशन नगरिदिनहुन सबैमा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...