News Portal

सुनसरीको धरानबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने बास्केटबल खेलाडीहरुलाई विदाई

विकास चाम्लिङ राई, धरान
४२४ पटक

फाल्गुण-२६, शनिबार/धरान – यहि फागुन २८ गतेदेखि काठमाडौंमा हुन लागेको थ्री वाई थ्री महिला-पुरुष राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेका धरानका बास्केटवल खेलाडिहरुलाई शुक्रवार विदाइ गरेको छ ।

सुनसरीको प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको छ। शुक्रवार धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई विदाई गरिएको थियो । उनीहरुलाई वुद्धचोक स्थित एमसी क्याफेमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले खदा लगाएर विदाइ गरेका थिए। 

धरान बास्केटवल टिमले नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियोन राजवंशिले सहभाागिता जनाउने छ । टिमका लागि धरान १० न. वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले जर्सी प्रदान गरेको छ । 

नेपाल बास्केटवल संघको आयोजनामा आयोजित महिला-पुरुष ओपन राष्ट्रिय प्रतियोगितामा धरानबाट पुरुष टिमले मात्र सहभागिता जनाएका हुन। प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ ८ टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा राष्ट्रिय अन्तराष्ट्रिय टिम तथा खेलाडिहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...