News Portal

मकाउमा इतिहास रचेका नेपाली धावकहरुलाई नगद सहित विशेष सम्मान

हिमालीसंचार संवाददाता
२०५२ पटक

फाल्गुण-२२, बुधबार/मकाउ – मकाउमा सन् २०२० सालबाट शुरु गरिएको एमटीआरसी (Macau Trail Running Challenge) रनिङ प्रतियोगितामा नेपाली धावकहरु क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान कायम गर्दै इतिहास रचेका लिलबहादुर गुरुङ, बिरु राई र केशरजंग आलेमगरलाई मायाको चिनो सहित नगद पुरुस्कारले सम्मान गरिएको छ।

नेपाली धावकहरुलाई बक्सिङ खेलका पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र महर्जनको विशेष पहल र कराते खेलका पूर्व राष्ट्रिय खेलाडीहरू गोपाल महर्जन, शान्तिदेवि अधिकारी र फुटबलका सुबन महर्जन लगाएका खेलाडीहरूको विशेष सहयोगमा मकाउमा कार्यरत खेलकूद सगं जोडिका खेलाडीहरूलाई प्रोत्साहन स्वरुप नगद सहित सम्ममान गरिएको हो। 

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा नेपालीहरू सन् १९९६ देखि रोजगारी सिलसिलामा मकाउमा काम गर्दै आएका हुन्। एमटीआरसी (Macau Trail Running Challenge) नेपाली धावकहरुले रनिङ प्रतियोगितामा यसरी रेकर्ड बनाएको  यो पहिलो पटक हो। त्यसकारण पनि यसलाई विशेष महत्वका साथ हेरिएको एनआरएनए एनसीसी मकाउका  पूर्व अध्यक्ष शान्तिदेवि अधिकारीले हिमालीसंचारडटकमलाई जानकारी दिईन् । 

नेपाली धावकहरुलाई थप हौसला तथा प्रोत्साहन स्वरूप नगद पुरस्कार सहित सम्मान गरिएको हो। करातेका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राम कार्की, बक्सिङका पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र महर्जन, उद्दव कुंवर, सुबन महर्जन, पुर्ण लामिछाने, राजकमार गुरुङ (प्रिन्स), सन्तोष बस्नेत, विकास महर्जन, ऋषी वाईबा, अमृत प्रजापति, मोहोन जंग कार्की, श्याम धले, अनुप तन्डुकार, बसाल कार्की, विकास परियार, सैलेश पाठक, सशान र स्टेप जस्ता व्यक्तिहरूको प्रायोजनमा आर्थिक सहयोग रकम लंकलन गरिएको थियो।

त्यस्तै, नेपाली धवकहरु लिलबहादुर गुरुङ, केशरजंग आले र सुवास (लाल बहादूर) भूजेल हङकङमा आयोजित Salmon Trail Race भाग लिन गएका थिए। सो प्रतियोगितामा केशरजंग आले तेस्रो र सुवास १७औं स्थान ल्याएका थिए।

फोटो फिचरः

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...