News Portal

नगर स्तरीय पाँचौं मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि रमेश फोम्बो (फोटो फिचर)

विकास चाम्लिङ राई, धरान
३०८ पटक

फाल्गुन-२०, आइतबार/धरान – भिजन फिटनेस क्लबको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरिय पाँचौं मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेस क्लबका खेलाडी रमेश फोम्वोले चुमेको छ ।

धरान-१३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा गत शनिवार सम्पन्न मिस्टर भिजन प्रतियोगिताको फाइनल चरणमा तिन जना प्रतिस्पर्धीलाई पछि पार्दै फोम्वोले उपाधि चुमेका हुन। फोम्वो ६० किलोग्राम तौल समुहका विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद पचास हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 

दोस्रो उपाधि एनि टाइम फिटनेस क्लबका उमेश राईले जितेका छन्। उनले ७५ किलोग्रम तौल समुह अन्तरगत विजेता पन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

त्यस्तै, ५५ किलोग्राम तौल समुहबाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशाला क्लबका अनुप लिम्वु तेस्रो र ६५ किलोग्राम तौल समुह विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेस क्लबका सागर लिम्वु चौथो भए । उनीहरुले क्रमशः जनही १५ हजार र १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

प्रतियोगिताको व्याक्तिगत उपाधितर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेस क्लबका खेलाडीले जितेका छन । उनीहरुलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । 

आयोजित प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजी तौल समुहबाट १८ जना खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए । भिजन फिटनेस क्लबका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगदरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, धरान-१६ नं. वडा अध्यक्ष मुरारी भट्टराई, १ नं.वडाध्यक्ष यज्ञमणी आचार्य, १० नं. वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ सनुसरीका अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । 

आयोजित प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरी धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनित प्रधान र सिता राई श्रेष्ठ रहेको थियो। कार्यक्रममा पत्रकारीतामार्फत धरानको खेलकूद विकासमा योगदान पुऱ्याए बापत नेपाल फोटो पत्रकार महासंघ सुसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनस क्लपले विशेष सम्मान गरेको छ । उनलाई भिजन फिटनेस क्लबका अध्यक्ष केशव श्रेष्ठले खदा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।  

तस्वीरः बिशाल थेवे

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...