News Portal

राष्ट्रपति खेलकूदमा पब्लिक माध्यमिक बिधालय माध्यमिक प्रथम

रबिन्द्र बराल, मोरङ
२८६ पटक

फाल्गुन-११,शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकामाको यस वर्षको १६औं ओटट संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता उपाधी पब्लिक माविले जितेको हो।

गत ८ गतेदेखि शुरु भएको खेल १० गतेसम्म भएको खेलमा पब्लिक उच्च माध्यमिक बिधालय रंगेलीले ५८ पदक सहित नगद २५ हजार रुपैयाँ सहित प्रथम हुन सफल भएको हो। 

जनता क्याम्पसको खेल मैदानमा भएको सो खेलमा पब्लिकले ३५ स्वर्ण, १५ रजत र ८ कास्य पदक  सहित प्रथम स्थान हासिल गरेका हुन्। त्यसैगरी प्रगतिशिल माध्यमिक बिधालय दौलतपुरले २५ स्वर्ण, १५ रजत र तीन कास्य सहित नगद २० हजार नगद सहित द्वितिय भए।  

महेन्द्र माध्यमिक बिधानमण्डल  मंगलबारले १५ स्वर्ण, १२ रजत, पाँच कास्य प्रप्त गर्दे नगद १५ हजार रुपैयाँ सहित तृतीय स्थान भएको हो। १५ स्वर्ण, ६ रजत, २ कास्य जितेको महालक्ष्मि माध्यमिक बिधालय  दर्वेशाले नगद ७ हजार सहित सान्तवना पुरस्कार जित हासिल गरेको थियो ।

प्रतियोगिताका विजेता खेलाडी विद्यार्थीहरु, प्रशिक्षक र विद्यालयलाई  प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डल, शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डित, सबै वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहपु, वडा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्याकलगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै प्रतियोगिता अबधिभर सहभागी हुने सबै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो । 

सो अबसरमा बोल्दै उपमेयर पराजुलीले प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर भएको बताइन् । उनले विद्यार्थीको रुची अनुसार खेलहरु खेलाउनुपर्ने बताउदै खेलकुद प्रतियोगिता स्वास्थ्य र मनोरञ्जनका लागि पनि भएको बताइन् । 

उपमेयर पराजुलीले रंगेलीमा खलकुदको विकासका लागि नगरपालिकाले आवश्यक लगानी गर्ने समेत प्रतिवद्धता जनाइन् । प्रतियोगितामा १३ सामुदायिक र ७ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो। प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने भएका छन ।

आयोजित प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा भएको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...