News Portal

एसीसी महिला प्रिमियर कप: आज क्वार्टरफाइनलमा कुवेतसँग भिड्दै नेपाल

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाण्डौ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपाल आज क्वार्टर फाइनलमा कुवेतसँग भिड्दैछ। मलेसियाको वाईएसडी ओभल मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८/८ विकेट र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले हराएको थियो। कुवेतले भने समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यान्मारलाई २७ रनले हराएको थियो भने थाइल्यान्डसँग ९६ रनले हारेको थियो।

आजै क्वार्टरफाइनलका अरू दुई खेल पनि हुँदै छन्। जसमा मलेसिया र जापान तथा हङकङ र थाइल्यान्ड भिड्दैछन्।

१६ देश सहभागी महिला प्रिमियर कपमा नेपालसहित थाइल्यान्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ गरी ८ मुलुक क्वार्टर फाइनलमा पुगेका छन्। म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...