News Portal

एलाइनेट जिमको २१औं प्रस्तुति, पाचौ मिस्टर कोशी चैत्र २३ र २४ गते धरानमा हुने

विकाश चाम्लिङ राई, धरान
३४१ पटक

माध-११,बिहिबार/धरान – एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मिस्टर कोशी वडिविल्डिङ च्याम्पियनसिप धरानमा हुने भएको छ ।

एलाइनेट जिमको २१औं प्रस्तुतिको रुपमा पाचौ मिस्टर कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गरेका हुन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरि कुल पाँच तौल समुहका करिव ५० जना प्रतिस्पर्धीहरुले सहभागिता जनाउने समेत आयोजकले जानकारी गराए।

प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाँचौ मिस्टर कोशीको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बुले जानकारी । 

प्रतियोगिताका विजेताले नगद १ लाख १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै, क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाँचौ विजेता खेलाडीले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताका विद्यातर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता धरान-१३ अमरहाट स्थित सामुदायीक हलमा हुने समेत आयोजकले जानकारी दिए ।

गत सालका चौथो मिस्टर कोशीको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरीले चुमेका थिए । धरान-१८ वुद्धचौक स्थित एमसि क्याफेमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश-१ शारीरिक सुगठन संघका अध्यक्ष केशव श्रेष्ठ, युवा नेता ऋषिराज राई, पुर्व मिस्टर कोशी सन्दिप गिरी, पुर्व मिस्टर धरानका कविरभगत प्रधानाङग लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...