News Portal

एलाइनेट जिमको २१औं प्रस्तुति, पाचौ मिस्टर कोशी चैत्र २३ र २४ गते धरानमा हुने

विकाश चाम्लिङ राई, धरान
२९४ पटक

माध-११,बिहिबार/धरान – एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मिस्टर कोशी वडिविल्डिङ च्याम्पियनसिप धरानमा हुने भएको छ ।

एलाइनेट जिमको २१औं प्रस्तुतिको रुपमा पाचौ मिस्टर कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गरेका हुन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरि कुल पाँच तौल समुहका करिव ५० जना प्रतिस्पर्धीहरुले सहभागिता जनाउने समेत आयोजकले जानकारी गराए।

प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाँचौ मिस्टर कोशीको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बुले जानकारी । 

प्रतियोगिताका विजेताले नगद १ लाख १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै, क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाँचौ विजेता खेलाडीले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताका विद्यातर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता धरान-१३ अमरहाट स्थित सामुदायीक हलमा हुने समेत आयोजकले जानकारी दिए ।

गत सालका चौथो मिस्टर कोशीको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरीले चुमेका थिए । धरान-१८ वुद्धचौक स्थित एमसि क्याफेमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश-१ शारीरिक सुगठन संघका अध्यक्ष केशव श्रेष्ठ, युवा नेता ऋषिराज राई, पुर्व मिस्टर कोशी सन्दिप गिरी, पुर्व मिस्टर धरानका कविरभगत प्रधानाङग लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...