News Portal

  • मोरङको रंगेलीमा प्रथम संस्कारणको प्रिमियर क्रिकेट खेल सम्पन्न

    रबिन्द्र बराल, मोरङ
    ३४१ पटक

    पौष-२२, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि-२० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हिजो शनिबार सम्पन्न  भएको छ।

    आयोजित खेलकूद विकास समितिले पौष-८ गतेदेखि २१ गतेसम्म जनता क्याम्पसको खेलमैदानमा खेल शुरु गरेको थियो । फाईनल खेलमा वडा नम्बर ५ आमगाछीले टच जित्दै २० ओभरको खेलमा अल आउट हुदै १३९ रन बनाउन सफल भएको थियो।

    रंगेली वडा नम्बर-७, संचारी च्यालेञ्जले अलआउट हुदै १०६ रन मात्रै समेटेर दोश्रो स्थान भएको थियो।खेलको बिजेतालाई नगद रु. १ लाख रुपैयाँ, उप बिजेताले नगद रु. ५१ हजार रुपैयाँ र खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडी प्रत्येक खेलाडीलाई नगद रु. १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो। 

    प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको  थियो । रंगेली नगरपालिकामा प्रथम पटक भएको  प्रीमियम लिगको फाइनल खेलमा प्रमुख अतिथि सहभागीहरुलाई खेलको मध्यान्तर मिनिल्याण्ड बोर्डिङ स्कुलले खेल मैदानमा सबै जातजातिहरुको भेषभूषामा नृत्य प्रस्तुत गरेर मनोवञ्जन गराएका थिए।

    बिजेता तथा उपबिजेताहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरणका लागि प्रमुख अतिथि युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बुलाई आमन्त्रण गरेता उनी उपस्थित भएनन्। विशिष्ट अथिति रंगेली मेयर दिलिप वगडिया, सुनवर्षी मेयर श्याम राजवंशी, धनपालथान गाउँपालिका अध्यक्ष जिवस गछ्छेदार, मोदराज घिमिरे, जगर्नाथ मण्डल ,समितिका पधाकिरीहरुले पुरस्कार वितरण गरेका थिए।

    आयोजित उक्त खेलमा सुनवर्षी, रंगेली, धनपालथान, लगायतका खेल प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो। खेलकूद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको  थियो ।

    तस्वीर: रबिन्द्र बराल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...

    आज २०८२ साल भदौ २० गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...