News Portal

धरानमा अन्तर कलेज फुटसल प्रतियोगिता हुने

विकास चाम्लिङ राई
३०० पटक

पौष-१७, मंगलबार/धरान – धरान- ८ स्थित हाम्रो फुटसलको आयोजनामा यहि पौष १९ र २० गते दुई दिने धरान इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

धरान उपमहानगरपालिका भरिका कलेजहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा २५ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । प्रतियोगिताका विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, सार्वाधिक गोलकर्ता, फेयर टिम, म्यान अफ द म्याच र उत्कृष्ट खेलाडिलाई ट्रफी, प्रमाणपत्र र विशेष पुरस्कारको व्यावस्था रहेको समेत प्रतियोगिताका संयोजक सन्दिप गहतराजले जानकारी गराए । 

प्रतियोगितामा व्याचलर लेवरसम्मका खेलाडिहरुले मात्र सहभागिता दनाउन पाउने छन् । प्रतियोगिताको उद्धघाटन कार्यक्रममा ७औं दक्षिण एशियाली कराते च्याम्पियनसिप सन् २०२३ मा रजत पदक विजेता विशाल राईलाई नगद ५ हजार सहित सम्मान समेत गरिने आयोजकले जनाकारी गराए ।

मैत्रिपुर्ण खेलमा आयोजक हाम्रो फुटसल विजयी पत्रकार सम्मेलनपछि भएको मैत्रिपुर्ण खेलमा आयोजक हाम्रो फुटसल टिम विजयी भएको छ । प्रतियोगिताको प्रचारका लागि सोहि दिन भएको मैत्रिपुर्ण खेलमा पत्रकार महासंघ, सुनसरी टिमलाई ६–४ गोलको अन्तरले पराजित गरेका थिए। 

आयोजित कार्यक्रममा हाम्रो फुटसलका संचालक नरवहादुर राई, प्रतियोगिता संयोजक सन्दिप गहतराज, नेपाल पत्रका महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो फुटसलको खेल मैदानमा हुने छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...