News Portal

तेस्रो असोक बास्फोर बास्केटबल; विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर बिजयी

विकास चाम्लिङ राई, धरान
२९७ पटक

पौष-११, बुधबार/धरान – सुनसरीको धरानमा संचालन भईरहेको डायनामिक युथ क्लवको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो-चौथो दिन भएको खेलमा विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएका छन् ।

आयोजित खेलको लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको हिजो मंगलबार भएको खेलमा विराटनगरले इटहरीलाई ४०-३३, ब्रदसले रेड डेभिल्सलाई ८०-४१, बिर्तामोडले धनकुटालाई ६६-४२, मिराकलले तरहरालाई ६८-५०, इमोर्टलले चक्रपथलाई ८३-५६ र यलम्बरले होराइजनलाई ७४-५२  अंकको अन्तरले पराजित गरेको हो । 

आयोजित खेलमा विराटनगरका सुरज बस्नेतले १७, ब्रदसका कबिन मगरले २१, धनकुटाका कैलाश लिम्बू २६, मिराकलका साहिल तामाङ र इमोर्टलका निकेस मगरले समान ३९ अंक र यलम्बरका दिवस राईले ब्यक्तिगत ३३ जोडेका थिए । 

प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाडौं गरी १२ टिमले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...