News Portal

    तेस्रो असोक बास्फोर बास्केटबल; विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर बिजयी

    विकास चाम्लिङ राई, धरान
    १८७ पटक

    पौष-११, बुधबार/धरान – सुनसरीको धरानमा संचालन भईरहेको डायनामिक युथ क्लवको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो-चौथो दिन भएको खेलमा विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएका छन् ।

    आयोजित खेलको लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको हिजो मंगलबार भएको खेलमा विराटनगरले इटहरीलाई ४०-३३, ब्रदसले रेड डेभिल्सलाई ८०-४१, बिर्तामोडले धनकुटालाई ६६-४२, मिराकलले तरहरालाई ६८-५०, इमोर्टलले चक्रपथलाई ८३-५६ र यलम्बरले होराइजनलाई ७४-५२  अंकको अन्तरले पराजित गरेको हो । 

    आयोजित खेलमा विराटनगरका सुरज बस्नेतले १७, ब्रदसका कबिन मगरले २१, धनकुटाका कैलाश लिम्बू २६, मिराकलका साहिल तामाङ र इमोर्टलका निकेस मगरले समान ३९ अंक र यलम्बरका दिवस राईले ब्यक्तिगत ३३ जोडेका थिए । 

    प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 

    प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाडौं गरी १२ टिमले सहभागिता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    संसद् बहिष्कार गर्दै राप्रपाका सांसद बाहिरिए, विरोध अझै जारी

    काठमाडौं, १ असार — अवरोध र तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले कडा...

    मिडिया हाउस जलाउन निर्देशन दिने दुर्गा प्रसाईंको म्यासेज सार्वजनिक, पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं, असार १ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार...

    दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि, वैदेशिक रोजगार र प्रभावित स्थानीयलाई प्राथमिकता

    काठमाडौं, असार १ — बाग्लुङको गल्कोटमा जलविद्युत् आयोजना निर्माण गरिरहेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी...

    जाजरकोटमा मोटरसाइकल ठक्करबाट वृद्धको निधन

    सुर्खेत, असार १ — जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। जाजरकोट नलगाड नगरपालिका–७...

    आज असार १ गते २०८२ सालको राशिफल

    आज असार १, २०८२ (जुन १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...