News Portal

तेस्रो असोक बास्फोर बास्केटबल, तेस्रो दिन इमोर्टल, ब्रदस, होराइजन, मिराकल, तरहरा र यलम्बर बिजयी

विकास चाम्लिङ राई
३६० पटक

पौष-९ सोमबार/धरान – धरानमा संचालन भइरहेको डायनामिक युथ क्लबको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको खेलमा इमोर्टल, ब्रदस, हराइजन, मिराकल, तरहरा र यलम्बर कलब बिजयी भएका छन्।

आज भअको खेलमा लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको खेलमा इमोर्टलले विराटनगरलाई ८६-५०, ब्रदशले धनकुटालाई ७१-४३, होराइजनले बिर्तामोडलाई ७१-३४, मिराकलले चक्रपथ काठमाडौलाई ६०-५३, तरहराले इटहरीलाई ६७-२१ र यलम्बरले रेड डेभिल्सलाइ ८२-२६ अंकको अन्तरले पराजित गरेको छ । 

आयोजित खेलमा इमोर्ट्लका निकेश मगरले ३१, धनकुटाका कैलाश लिम्बुले २२, होराइजनका अमृत राईले २९, साहिल तामाङले १८, तरहराका सन्दिप श्रेष्ठले २२ र यलम्बरका दिवस राइले ब्यक्तिगत २५ अंक जोडेका थिए । 

आयोजित प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुने छ। प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरी १२ टिमले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...