News Portal

  • तेस्रो असोक बास्फोर बास्केटबल, तेस्रो दिन इमोर्टल, ब्रदस, होराइजन, मिराकल, तरहरा र यलम्बर बिजयी

    विकास चाम्लिङ राई
    २२८ पटक

    पौष-९ सोमबार/धरान – धरानमा संचालन भइरहेको डायनामिक युथ क्लबको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको खेलमा इमोर्टल, ब्रदस, हराइजन, मिराकल, तरहरा र यलम्बर कलब बिजयी भएका छन्।

    आज भअको खेलमा लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको खेलमा इमोर्टलले विराटनगरलाई ८६-५०, ब्रदशले धनकुटालाई ७१-४३, होराइजनले बिर्तामोडलाई ७१-३४, मिराकलले चक्रपथ काठमाडौलाई ६०-५३, तरहराले इटहरीलाई ६७-२१ र यलम्बरले रेड डेभिल्सलाइ ८२-२६ अंकको अन्तरले पराजित गरेको छ । 

    आयोजित खेलमा इमोर्ट्लका निकेश मगरले ३१, धनकुटाका कैलाश लिम्बुले २२, होराइजनका अमृत राईले २९, साहिल तामाङले १८, तरहराका सन्दिप श्रेष्ठले २२ र यलम्बरका दिवस राइले ब्यक्तिगत २५ अंक जोडेका थिए । 

    आयोजित प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

    आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुने छ। प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरी १२ टिमले सहभागिता जनाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...