News Portal

धरानमा तेस्रो अशोक बास्फोर स्मृति बास्केटवल उद्धघाटन खेलमा व्रदश विजयी

विकास चाम्लिङ राई
३४६ पटक

पौष-८, आइतबार/धरान – डायनामिक युथ क्लबको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको शनिवार भएको उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लब विजयी भएको छ ।  

प्रतियोगिताको उद्धघाटन खेलमा व्रदसले यलम्वर बास्केटवल क्लवलाई ५०–४८ अंकको झिनो अन्तरले पराजित गरेको हो। अत्यन्त प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो र दास्रो क्वाटरमा यलम्वर ९–८ र दोस्रो क्वाटरमा १२–८ अंकले अगाडि रहेता पनी पहिलो हाफमा २१–१६ अंकको अन्तरले अगाडि रहेको थियो । 

मध्यान्तरपछि व्रदस खेलमा लयमा फर्किन्दै तेस्रो क्वाटरमा १५–१४ र चौथो क्वाटरमा १९–१३ अंकले अग्रता लिदै ५०–४८ अंकको झिनो अन्तरले व्रदसले नतिजा आफ्नो पोल्टामा पारेका थिए। खेलमा टिमलाई जिताउन उत्कृष्ट प्रर्दशन गर्दै व्रदसका सर्वधन राईले व्यक्तिगत १८ अंकको योगदान दिएका थिए ।

प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि धरान-१६ न. वडाका वडाध्यक्ष मुरारी भट्टराई र दिवंगत अशोक वास्फोरका श्रीमति इन्द्रावती  वास्फोरले संयुक्त रुपमा अशोक वास्फोरको तस्विरमा माल्यपर्ण गरी रेफ्रिलाई बल हस्तान्तरण गरिएको थियो । 

पूर्व फुटवल खेलाडि समेत रहेका दिवंगत अशोक वास्फोरको स्मृतिमा उनका परिवारले विस. ०७४ सालदेखि बास्केटवल प्रतियोगिता आयोजना सुरु गरेका हुन । उनको कान्छा छोरा रवि वास्फोर पूर्व राष्ट्रिय बास्केटवल खेलाडि हुन । 

प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उद्घाटन खेलकै दिन भएको अन्य खेलमा विराटनगरले तरहरा स्पोर्टस क्लवलाई ६६-३३, चक्रपथ काठमाण्डौले इटहरीलाई २८–२१, होराइजनले धनकुटालाई ६६–३५, इमोर्टलले मिराकललाई ६९–५७ र रेडडेभिल्सले झापा विर्तामोडलाई २७–२३ अंकको अन्तरले पराजित गरे। खेलमा विराटनगरका वर्दन शाहले २५, चक्रपथका सुजन लामाले ७, होराइजनका अर्मत राईले १८, इमोर्टलका सुजन महर्जनले २९ र रेडडेभिल्सका नितेश वस्नेतले व्यक्तिगत १३ अंक जोडेका थिए ।

अशोक वास्फोरका जेठा छोरा सन्तोष वास्फोरको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, कोशी प्रदेश बास्केटवल संघ उपाध्यक्ष रोशन राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, प्रदेश बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान मेघा कलेजका कोअर्डिनेटर चन्द्र वनेम लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुनेछ। प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरी १२ टिमले सहभागिता रहेको जनाएका छन् ।

तस्वीर:विकास चाम्लिङ राई 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...