आज : २०२६-०७-०१, बुधबार

मोरङको रंगेलीमा सितोरियो कराते डोजो पहिलो चरण अन्तरगत सम्पन्न

पौष- ८, आइतबार/मोरङ – “स्वास्थका लागि कराते, राष्ट्रको लागि कराते, अनुशासनको लागि कराते, आत्म रक्षाको लागि कराते, बुदो आध्यात्मिक विकासको लागि कराते, शान्ति र सामाजिक अभियानको लागि कराते” भन्ने मुल नाराका साथ मिनिल्याण्ड बोर्डिङ स्कुल र सनगेलरी बोर्डिङ स्कुलका बालबालिकाहरुले बिगत ६ महिनादेखि  सितोरियो कराते ‘डोजो’को पहिलो र दोस्रो ग्रेडिङ गरेर अगाडि बढ्न सक्रिय भएको छ ।

शनिबार  रंगेली-७ मा रहेको सनगेलरी बिधालयको प्रांगनमा ग्रेडिङ थप गर्ने सफल समेत भएको सनगेलरीका प्रिन्सिपल प्रमोद मण्डलले बताए । 

उक्त कार्यक्रम मोरङ जिल्ला सिकुरेका जिल्ला उपाध्यक्ष इन्द्र लामा, ग्रेडिङ निरीक्षक राम लिम्बू, बिधालयका प्रिन्सिपल प्रमोद मण्डल, मिनिल्याण्डका प्रिन्सिपल बिकर्ण कार्की, डोजो प्रमुख प्रशिक्षक मोरङ जिल्ला सितोरियो कराते संघका बल बहादुर बराल (गोपाल), लगायतको सहभागिता रहेको थियो। कराते खेलमा १० बर्षदेखि १८ बर्षसम्मका ६५ जना बालबालिकाहरुले प्रत्येक दिन खेल खेलिरहेका छन ।