News Portal

नेपाल वायुसेवा निगमका पाँचवटा चिनियाँ जहाज लिलामीमा, औचित्य पुष्टि गरेर मात्रै बिक्री गर्न सांसदको माग

पत्रपत्रिकाबाट
२५३ पटक

पौष-६, शुक्रबार/काठमाडौं – नेपाल वायुसेवा निगम नेवानिले आन्तरिक उडानका लागि चीनबाट ल्याएका पाँचवटा जहाज लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । ०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएका चिनियाँ जहाज बिक्रीका लागि निगमले बिहिबार सार्वजनिक आह्वान गरेको हो ।

निगमले चीनबाट अनुदानमा एउटा एमए–६० र एउटा वाई–१२ई ल्याएको थियो । एउटा ५६ सिटे एमए–६० र तीनवटा १८ सिटे वाई–१२ई पौने चार अर्बमा खरिद गरी ल्याएको हो। जसमध्ये एउटा वाई–१२ई नेपालगन्जमा दुर्घटना भयो । चिनियाँ जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएको भन्दै निगमले ०७७ साउनदेखि ग्राउन्डेड गरेर राखेको थियो । आर्थिक वर्ष ०७५÷७६ सम्म यी जहाजबाट निगमलाई एक अर्ब ९० करोड घाटा परेको निगम स्रोतको भनाइ छ । 

जहाज ग्राउन्डेडकै अवस्थामा पनि इन्स्योरेन्स, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र कर्जाको ब्याजसमेत गरी वार्षिक ४८ करोड नौ लाखसम्म खर्च हुने गरेको पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको एक अध्ययनले देखाएको छ । अत्यधिक इन्धन खपत, स्पेयर पार्टस् पनि महँगो, पाइलट–इन्जिनियरको महँगो तालिम, चर्को इन्स्योरेन्सलगायत कारण घाटा व्यहोर्नुपरेको निगमको दाबी छ । 

निगमले पटक–पटक सार्वजनिक टेन्डर आह्वान गर्दा पनि जहाज भाडामा लैजाने कोही नभेटिएपछि बिक्रीका लागि प्रक्रिया अगाडि बढाएको निगमले जनाएको छ । निगमले चाइनिज जहाज बिक्रीका लागि अमेरिकन भ्यालुएटर कम्पनी छनोट गरेर मूल्यांकनसमेत गरिसकेको छ। 

भ्यालुएटरले जहाजको पार्ट–पार्ट छुट्याएर बिक्री गर्दा न्यूनतम २८ लाख ७५ हजार अमेरिकी डलर र सिंगो जहाजै बिक्री गर्दा १२ लाख ३७ हजार डलर मूल्यांकन गरेको स्रोतले बतायो । निगमले ४ फेब्रुअरीसम्मको समयसीमा तोकेको छ ।

छानबिन गर्न माग: संसदीय समितिमा बोल्ने अधिकांश सांसदहरूले जहाज खरिद र सञ्चालनको विषयमा विस्तृत छानबिन गरेर मात्र बिक्री गर्नुपर्ने राय दिएका छन् । जहाज बिक्रीको सूचना प्रकाशित गरेपछि   बिहीबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको छलफलमा सांसदहरूले अर्बौँ खर्चेर खरिद गरिएका जहाज किन कवाडीमा बिक्री गर्न लागियो भनेर पर्यटनमन्त्री सुदन किराँती र निगम नेतृत्वसँग जवाफ मागेका छन् ।

सांसद नारायण खड्काले अर्बौँ रुपैयाँ खर्चिएर खरिद गरेका जहाज उडाउन नसकेर लिलाम गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । सांसद प्रेम सुवालले यदि चिनियाँ जहाज खरिदमै समस्या थियो भने छानबिन गरेर खरिदकर्तालाई कारबाही गर्न मन्त्री किराँतीलाई सुझाव दिए । 

सांसद प्रकाशमान सिंहले पनि जहाज खरिद–बिक्री प्रक्रियामा स्पष्टता खोजे । अर्का सांसद प्रभु साहले चिनियाँ जहाज खरिद गर्नु उचित थिएन भने छानबिन गरेर किन खरिदकर्तालाई कारबाही गरिएन भनेर प्रश्न गरे ।  

मन्त्री किराँतीले अहिले निगमलाई पुरानै संरचनाबाट सञ्चालन गर्ने अन्तिम प्रयास भइरहेको जानकारी गराउँदै यसमा सफल नभए व्यवस्थापन करारमा जाने योजना रहेको सुनाए । उनले चिनियाँ जहाज उडानमा घाटा भएको भन्दै बिक्री गर्न दिइनुपर्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...