News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल वायुसेवा निगमका पाँचवटा चिनियाँ जहाज लिलामीमा, औचित्य पुष्टि गरेर मात्रै बिक्री गर्न सांसदको माग

    पत्रपत्रिकाबाट
    १४८ पटक

    पौष-६, शुक्रबार/काठमाडौं – नेपाल वायुसेवा निगम नेवानिले आन्तरिक उडानका लागि चीनबाट ल्याएका पाँचवटा जहाज लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । ०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएका चिनियाँ जहाज बिक्रीका लागि निगमले बिहिबार सार्वजनिक आह्वान गरेको हो ।

    निगमले चीनबाट अनुदानमा एउटा एमए–६० र एउटा वाई–१२ई ल्याएको थियो । एउटा ५६ सिटे एमए–६० र तीनवटा १८ सिटे वाई–१२ई पौने चार अर्बमा खरिद गरी ल्याएको हो। जसमध्ये एउटा वाई–१२ई नेपालगन्जमा दुर्घटना भयो । चिनियाँ जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएको भन्दै निगमले ०७७ साउनदेखि ग्राउन्डेड गरेर राखेको थियो । आर्थिक वर्ष ०७५÷७६ सम्म यी जहाजबाट निगमलाई एक अर्ब ९० करोड घाटा परेको निगम स्रोतको भनाइ छ । 

    जहाज ग्राउन्डेडकै अवस्थामा पनि इन्स्योरेन्स, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र कर्जाको ब्याजसमेत गरी वार्षिक ४८ करोड नौ लाखसम्म खर्च हुने गरेको पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको एक अध्ययनले देखाएको छ । अत्यधिक इन्धन खपत, स्पेयर पार्टस् पनि महँगो, पाइलट–इन्जिनियरको महँगो तालिम, चर्को इन्स्योरेन्सलगायत कारण घाटा व्यहोर्नुपरेको निगमको दाबी छ । 

    निगमले पटक–पटक सार्वजनिक टेन्डर आह्वान गर्दा पनि जहाज भाडामा लैजाने कोही नभेटिएपछि बिक्रीका लागि प्रक्रिया अगाडि बढाएको निगमले जनाएको छ । निगमले चाइनिज जहाज बिक्रीका लागि अमेरिकन भ्यालुएटर कम्पनी छनोट गरेर मूल्यांकनसमेत गरिसकेको छ। 

    भ्यालुएटरले जहाजको पार्ट–पार्ट छुट्याएर बिक्री गर्दा न्यूनतम २८ लाख ७५ हजार अमेरिकी डलर र सिंगो जहाजै बिक्री गर्दा १२ लाख ३७ हजार डलर मूल्यांकन गरेको स्रोतले बतायो । निगमले ४ फेब्रुअरीसम्मको समयसीमा तोकेको छ ।

    छानबिन गर्न माग: संसदीय समितिमा बोल्ने अधिकांश सांसदहरूले जहाज खरिद र सञ्चालनको विषयमा विस्तृत छानबिन गरेर मात्र बिक्री गर्नुपर्ने राय दिएका छन् । जहाज बिक्रीको सूचना प्रकाशित गरेपछि   बिहीबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको छलफलमा सांसदहरूले अर्बौँ खर्चेर खरिद गरिएका जहाज किन कवाडीमा बिक्री गर्न लागियो भनेर पर्यटनमन्त्री सुदन किराँती र निगम नेतृत्वसँग जवाफ मागेका छन् ।

    सांसद नारायण खड्काले अर्बौँ रुपैयाँ खर्चिएर खरिद गरेका जहाज उडाउन नसकेर लिलाम गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । सांसद प्रेम सुवालले यदि चिनियाँ जहाज खरिदमै समस्या थियो भने छानबिन गरेर खरिदकर्तालाई कारबाही गर्न मन्त्री किराँतीलाई सुझाव दिए । 

    सांसद प्रकाशमान सिंहले पनि जहाज खरिद–बिक्री प्रक्रियामा स्पष्टता खोजे । अर्का सांसद प्रभु साहले चिनियाँ जहाज खरिद गर्नु उचित थिएन भने छानबिन गरेर किन खरिदकर्तालाई कारबाही गरिएन भनेर प्रश्न गरे ।  

    मन्त्री किराँतीले अहिले निगमलाई पुरानै संरचनाबाट सञ्चालन गर्ने अन्तिम प्रयास भइरहेको जानकारी गराउँदै यसमा सफल नभए व्यवस्थापन करारमा जाने योजना रहेको सुनाए । उनले चिनियाँ जहाज उडानमा घाटा भएको भन्दै बिक्री गर्न दिइनुपर्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...