
पौष-१, आइतबार/धरान – धरान वडा नं. १३ बाल संजालको आयोजना तथा पोसिबल बास्केटबल एकेडेमी (पिबिए)को संयोजनमा आयोजित दुई दिने दोस्रो पिबिए महिला-पुरुष बास्केटबल च्याम्पियसिपको उपाधी पिबिएले चुमेको छ ।
प्रतियोगिताको संयोजन समेत गरेका पिबिएले महिला र पुरुष दुबैतर्फका उपाधि जितेका हुन। पिबिएले महिलातर्फ धरान नं. ५ वडा टिमलाई ७-२ र पुरुषतर्फ धरान १७ लाई १६-९ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन। महिला र पुरुष तर्फका बिजेता पिबिएले नगद ५ हजार र उपबिजेता धरान ५ र धरान १७ ले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको एमभिपी (मोस्ट भ्यालुएबल प्लेयर) को उपाधी महिला र पुरुषतर्फ नै पिबिएका अबि लिम्बु र निर्जला राई घोषित भए । उनिहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । २९ र ३० गते सम्पन्न प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ५ टिमले सहभागिता जनाएको थियो ।
सहभागी टिमहरु महिलातर्फ पिबिए धरान-१३, सुनगाभा स्कुल, धरान ५, ११, ९, ६ र १९ न. वडाले सहभागिता जनाएको थियो । पुरुषतर्फ पिबिए, धरान १७, १६, ९ र ११ न. वडाका टिमले सहभागिता जनाएको थियो ।
त्यस्तै, प्रतियोगिताको फाइनल खेल अघि सुनसरी बास्केटबल भेट्रान र धरान १३ स्पोर्टिङ बिच मैत्रीपुर्ण बास्केटबल खेल सम्पन्न भएको थियो । मैत्रीपुर्ण खेलमा सुनसरी भेट्रान २२-१४ अंकले बिजयी भए । खेलमा भेट्रानतर्फका विकास चाम्लिङ राइले ब्यक्तिगत १४ अंक जोडेका थिए । बिजेता भेट्रान टिमलाई मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि १३ न. वडा सदस्य तारा गोले तामाङ, बास्केटबल प्रशिक्षक वकास चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल संघ उपाध्यक्ष रोशन राई, हरियाली बास्केटबल प्रशिक्षक रन्जित लिम्बू लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको हो ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
