News Portal

धरानमा आयोजित बास्केटबल खेलको उपाधि पिबिए बास्केटबल च्याम्पियन बन्यो (फोटोफिचर)

विकास चाम्लिङ राई
४७२ पटक

पौष-१, आइतबार/धरान – धरान वडा नं. १३ बाल संजालको आयोजना तथा पोसिबल बास्केटबल एकेडेमी (पिबिए)को संयोजनमा आयोजित दुई दिने दोस्रो पिबिए महिला-पुरुष बास्केटबल च्याम्पियसिपको उपाधी पिबिएले चुमेको छ ।

प्रतियोगिताको संयोजन समेत गरेका पिबिएले महिला र पुरुष दुबैतर्फका उपाधि जितेका हुन। पिबिएले महिलातर्फ धरान नं. ५ वडा टिमलाई ७-२ र पुरुषतर्फ धरान १७ लाई १६-९ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन। महिला र पुरुष तर्फका बिजेता पिबिएले नगद ५ हजार र उपबिजेता धरान ५ र धरान १७ ले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको एमभिपी (मोस्ट भ्यालुएबल प्लेयर) को उपाधी महिला र पुरुषतर्फ नै पिबिएका अबि लिम्बु र निर्जला राई घोषित भए । उनिहरुलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । २९ र ३० गते सम्पन्न प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ५ टिमले सहभागिता जनाएको थियो । 

सहभागी टिमहरु महिलातर्फ पिबिए धरान-१३, सुनगाभा स्कुल,  धरान ५, ११, ९, ६ र १९ न. वडाले सहभागिता जनाएको थियो । पुरुषतर्फ पिबिए, धरान १७, १६, ९ र ११ न. वडाका टिमले सहभागिता जनाएको थियो । 

त्यस्तै, प्रतियोगिताको फाइनल खेल अघि सुनसरी बास्केटबल भेट्रान र धरान १३ स्पोर्टिङ बिच मैत्रीपुर्ण बास्केटबल खेल सम्पन्न भएको थियो । मैत्रीपुर्ण खेलमा सुनसरी भेट्रान २२-१४ अंकले बिजयी भए । खेलमा भेट्रानतर्फका विकास चाम्लिङ राइले ब्यक्तिगत १४ अंक जोडेका थिए । बिजेता भेट्रान टिमलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि १३ न. वडा सदस्य तारा गोले तामाङ, बास्केटबल प्रशिक्षक वकास चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल संघ उपाध्यक्ष रोशन राई, हरियाली बास्केटबल प्रशिक्षक रन्जित लिम्बू लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...