News Portal

  • गण्डकी प्रदेश ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को आवश्यक तयारी सुरु

    हिमालीसंचार संवाददाता
    १९९ पटक

    अनील गुरुङ/कास्की – गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनको १८औँ संस्करण आगामी फागुन ५ गते शनिबार हुँदैछ । यसको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    गण्डकी प्रदेश ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ । पश्चिमको सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराई खेल पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको र पछिल्लो समय म्याराथनमा अन्तर्राष्ट्रिय सहभागिता बढेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

    पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो। विश्वका ठूला सहरमा आयोजना हुने म्याराथन जस्तै पोखरा म्याराथन सधै चर्चामा रहेको अध्यक्ष पराजुलीले बताए । उनले भने, “म्याराथन आयोजनाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ । पोखराको ठूलो इभेन्टका रुपमा स्थापित भएको छ। १८औँ संस्करणमा ५० वटाभन्दा बढी देशका धावक पोखरा आउने विश्वास लिएका छौँ ।”

    म्याराथनका लागि मञ्चले विभिन्न उपसमिति गठन गरी आवश्यक तयारीमा जुटेको अध्यक्ष पराजुलीले बताए। म्याराथनमा विदेशी धावकको संख्या बढाउन गर्नका लागि वैदेशिक समन्वय उपसमिति गठन गरी विदेशमा पनि प्रचारप्रसार गरिएको छ ।

    संस्थाका प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङले पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको बताए । उनले सडक सुरक्षा, व्यवस्थापन, खेलाडी स्वास्थ्यलगायत विभिन्न विषयमा तयारीका काम अघि बढाइएको छ ।

    म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरिप्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ उपसमितिको संयोजक रहेका छन् ।

    त्यस्तै, अनुगमन तथा निरीक्षण उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल र प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक रहेका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...