News Portal

कोशी प्रदेशमा पहिलो पटक एन्फा प्रेसिडेन्ट कप यू-१५ फूटबल प्रतियोगिता मंसिर २७ गतेदेखि पौष ६ गतेसम्म धरानमा हुदै

नेपालले यू-१५ फुटबल प्रतियोगितालाई वर्ल्डकपको तयारीमा जुट्नु पर्छ - अध्यक्ष राई

हिमालीसंचार संवाददाता/अशोक तिरुवा
३५१ पटक

मंसिर २४, मंगलबार/धरान – “युवा पिढीको लक्ष्य, हाम्रो तयारी वर्ल्डकप”’ भन्ने नारासहित कोशी प्रदेश फुटबल संघले शुरु गरेको प्रथम प्रेसिडेन्ट कप यु-१५ फुटबल प्रतियोगिता आगामी मंसिर २७ गतेदेखि पौष ६ गतेसम्म धरानमा सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। त्यस्तै, यू-१५ फुटबल प्रतियोगितलाई आगामी वल्डकपको तयारीका रुपमा अघि सारेको एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष समेत रहेका कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताएका छन् ।

गत आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले उक्त कुरा बताएका हुन्। एन्फाका वरिष्ट मानार्थ उपाध्यक्ष समेत रहेका राईले “यो हामीले भन्नै पर्ने भो, कहिले हामी वर्ल्डकपमा पुग्ने त?” उनको प्रति प्रश्न रहेको थियो। 

अध्यक्ष राईले वर्ल्डकपको तयारी अहिलेका १५ वर्षका खेलाडीबाट शुरु गर्नुपर्ने समेत आशाबादी रहेको धराणा समेत राखेका थिए । कोशी प्रदेश फुटबल संघको वर्तमान कार्यसमिति आइसकेपछि ४ वटा खेलकूदका आयोजना गर्दा अन्य प्रदेश र जिल्लाहरुमा फुटबलका गतिविधि शून्य रहेको समेत बताए ।

उनले भने ‘किन ? सबै प्रदेशमा खेलकूदका कार्यक्रम हुनुपर्छ भनेर वर्तमान एन्फाले त्यो किसिमको पहल, समन्वय र फुटबलको प्रतियोगिता जस्ता गतिविधि गर्ने त्यस्तो सेन्टिमेन्ट पैदा गर्नुपर्दैन र?’ उनको प्रश्न थियो। “आजभन्दा भन्दा तीन वर्ष अगाडि प्रादेशिक लिगको च्याम्पियन भएर चार/चार वटा लिग खेल्ने क्लबहरु अहिले होल्ड भएर बसिरहेका छन्। के यो मजाक हो?” उनको आक्रोश नभएर प्रति प्रश्न रहेको थियो। 

अध्यक्ष राईले जिल्ला र प्रदेश लिगको घोषणा गरेर अघि बढाउनु पर्ने अवस्थामा अझै पनि ‘सी, बी र ए’ को मात्रै कुरा गर्दा देशभरिका क्लबलाई ठूलो पीर-मर्का परिरहेको छ। त्यतिमात्र होईन अन्याय भएको महशूस गरेको समेत बताए ।

उनले थपे ‘एन्फाले चाडो प्रदेश लिगको तयारी गरोस्, जिल्ला लिगको तयारी गरोस्, त्यसमा लाग्ने खर्च, कार्यक्रम तालिका, स्थानीय रुपमा पनि हामी तयारी गर्छौ। ‘हामी आत्मनिर्भर भएर, हाम्रो, पुजी, लगानी लगाएर हामी व्यवसाय गर्न सक्ने, आर्थिक आर्जन गर्न सक्ने फुटबलको त्यो माहोल हामी सिर्जना गर्छौ। तर, केन्द्रले त्यो निर्णय गर्न सकोस् ।’

त्यस्तै, यु-१५ प्रेसिडेन्ट कप हेर्दा सानो भए पनि, बजेट सानो भए पनि यसको उद्देश्य ठूलो भएको अध्यक्ष राईले बताए । क्रिकेटले वर्ल्डकप खेलिरहेको प्रसंग निकाल्दै देशभरि फुटबलको माहोल भए पनि अपेक्षित फुटबल खेलको विकास नभएको उल्लेख गरे ।

अध्यक्ष राईले थप भन्छन् “२०२६ हुने वर्ल्डकपमा एसियाबाट आठ वटा टिमले खेल्न पाउँदैछ। हामी बेस एकमा आउने सम्भावनाको तयारी किन नगर्ने?, यो दस वर्षको अन्तरालमा क्रिकेटले (आइसीसी)ले एकै दिन पनि खेल ग्याप राखेन, म्याचमा टुर्नामेन्टमा समावेश गर्यो, त्यसैले यो प्रगति गर्न सफल भयो । 

एन्फा एकेडेमीको फुटबल मैदानमा हुने प्रतियोगितामा १० वटा क्लबबहरुले सहभागी जनाउने फुटबल संघका उपाध्यक्ष शिब न्योपानेले जानकारी दिए। प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ द म्याच हुने उत्कृष्ट खेलाडीले नगद १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...