News Portal

मोरङको रंगेली नगरमा “रंगेली प्रियमिर लिग प्रथम संसकरण २०८०” हुने

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३१२ पटक

मंसिर १७ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि– २० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। खेलकूद विकास समितिले पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने गत शनिबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

आयोजक समितिले पुस ८ गतेदेखि २२ गतेसम्म  जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता उक्त गराउने जानकारी गराएको हो। प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको उप बिजेताले नगद ५१ हजार रुपैयाँ पाउने जानकारी समेत गराएको छ। मोरङको रंगेलीको खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेले बताए ।  

अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशी समेत  बढन पनि सक्ने आयोजक समितिले जनाएको छ । उक्त प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने समेत  जानकारी दिए । उक्त खेलमा  रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरुले मात्रै  सहभागिता जनाउन सक्ने समेत आयोजकले जानकारी गराए।

प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिव राजन पनेरुले जानकारी दिए । 

प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार प्रााप्त गर्न सक्नेछ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...