News Portal

मोरङको रंगेली नगरमा “रंगेली प्रियमिर लिग प्रथम संसकरण २०८०” हुने

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२७४ पटक

मंसिर १७ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि– २० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। खेलकूद विकास समितिले पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने गत शनिबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

आयोजक समितिले पुस ८ गतेदेखि २२ गतेसम्म  जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता उक्त गराउने जानकारी गराएको हो। प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको उप बिजेताले नगद ५१ हजार रुपैयाँ पाउने जानकारी समेत गराएको छ। मोरङको रंगेलीको खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेले बताए ।  

अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशी समेत  बढन पनि सक्ने आयोजक समितिले जनाएको छ । उक्त प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने समेत  जानकारी दिए । उक्त खेलमा  रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरुले मात्रै  सहभागिता जनाउन सक्ने समेत आयोजकले जानकारी गराए।

प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिव राजन पनेरुले जानकारी दिए । 

प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार प्रााप्त गर्न सक्नेछ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...