News Portal

  • ठमेलमा लुटपाट आरोपमा असई, हवलदार र प्रहरी जवानसहित पाँचै जना जेल चलान

    हिमालीसंचार संवाददाता
    ३७३ पटक

    काठमाडौँ। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ।

    डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि बुधबार यस्तो आदेश दिएको हो।

    ठमेलबाट युवती लगेर डाँका चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ परेका थिए।

    प्रहरीका सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका १ अधिकारी डाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका २७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका ३ का ४३ वर्षीय सुनबहादुर तामाङ रहेका छन्।

    यो पनि पढ्नुहोस्।

    मध्यरातमा लुटपाट आरोपमा असई सुनबहादुर तामाङसहित हवलदार र प्रहरी जवान पक्राउ

    उनीहरूले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए। उनकै गाडीमा तीन जना युवती बोलाएको प्रतिवादीहरुमाथि आरोप छ।

    रोकाको जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो।

    गत असोज २१ गते राति सीआरभी डियूटीमा खटिएका असई तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल नै डाँका चोरीमा संलग्न रहेको आरोप छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...