News Portal

मध्यरातमा लुटपाट आरोपमा असई सुनबहादुर तामाङसहित हवलदार र प्रहरी जवान पक्राउ

हिमालीसंचार संवाददाता
६९२ पटक

काठमाडौँ। लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ। प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताएको रातोपाटीले खबर लेखेको छ।

पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन्। सिआरभी (कन्ट्रोल रुम भेहिकल)मा ड्युटी गर्दा दुई साताअघि उनीहरूले लुटपाट गरेको आरोप छ।

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस्।

ठमेलमा लुटपाट आरोपमा असई, हवलदार र प्रहरी जवानसहित पाँचै जना जेल चलान 

पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन्। लुटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए।

ती अधिकृत भन्छन्–‘पीडितहरू जाहेरी दिन नआएपछि सार्वजनिक हित विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।’

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...