News Portal

१२ सयको साइनबोर्ड सवा लाख खर्चमा मन्त्री केशव स्थापितले गरे कार्यालयको साइनबोर्ड उद्घाटन

५६२ पटक

चरिकोट : सिँचाइ विकास डिभिजन र जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय खारेज भई नयाँ स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटको करिब १२ सय पर्ने साइनबोर्ड उद्घाटन गर्न करिब १ लाख २० हजार खर्च गरिएको रेडियो उपहार एफएमले जनाएको छ।

प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले सो कार्यालयको साइनबोर्ड आइतबार उद्घाटन गरेका हुन्। नयाँ उद्घाटित कार्यालयले नै मन्त्री स्थापितको बसोबासका लागि ३२ हजार ६ सय १४ रुपैयाँ खर्च गरेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाको साईनबोर्ड उद्घाटन गर्न मन्त्री स्थापित शनिबार राति आफ्ना छोरा बुहारीसहित जिल्लाकै सबैभन्दा महंगो पानोरमा रिसोर्टमा बास बसेका थिए।

पुनर्संरचित कार्यालय तथा नयाँ कार्यालय प्रमुख प्रकाश अधिकारी हाजिर भएकै कारण निकै तामझामका साथ साइनबोर्ड उद्घाटन गरिएको कार्यक्रमका सहभागीको अनुमान थियो। इन्धन करिब १५ हजार, मञ्च व्यवस्थापन तथा साउण्ड सिस्टम १५ हजार, खाजा ३६ हजार, अन्य ब्यानर चार हजार, चिया एक हजार, खादा तीन हजार, पानी एक हजार गरी कार्यालयको करिब १ लाख २० हजार जति खर्च भएको एक कर्मचारीले बताए।

साइनबोर्ड उद्घाटनका लागि खासै बजेटको व्यवस्था नभए पनि विभिन्न योजनाको ओभरहेड वापतको रकमबाट बिल भुक्तानी गरिने ती कर्मचारीको भनाइ छ। खर्च गराईको अनुपात हेर्दा कार्यालयको निर्माणाधीन दुईवटा भवन उद्घाटन कार्यक्रममा कति खर्च होला भन्ने सहजै अनुमान लगाउन सकिने सहभागीको भनाइ छ। त्यत्रो खर्च गरेर आयोजना गरिएको साइनबोर्ड उद्घाटन कार्यक्रममा मन्त्री स्थापितले आदर्शका कुरा बाहेक आफ्नो विषयवस्तुमा खासै टिप्पणी गरेनन्। मन्त्री स्थापितले मन्तव्य राखिरहेकै बेला एक सहभागीले भने, ‘निकै आदर्शका कुरा गरे मन्त्रीले तर आफु साइनबोर्ड उद्घाटन कार्यक्रममा आएको भुलेछन्।’

तामझामपूर्ण साइनबोर्ड उद्घाटनको विषयमा प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख अधिकारी सम्पर्कमा आउन चाहेनन्। जिल्लामा प्रदेश सरकार अन्तर्गत स्थापना भएका डिभिजन वन, पशु औषधालय, किवीजोन लगायतका कार्यालयले भने स्टेसनरी खर्च कटाएर कार्यालयको साइनबोर्ड स्थापना गरेको पाइएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...