News Portal

कांग्रेस सभापति देउवाले गरे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना

हिमाली संचार संवाददाता
७४५ पटक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्ट लगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले विहानै प्रधानमन्त्री अोलीलार्इ भेटेका थिए ।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको छातीमा संक्रमण हुनुका साथै सुगरको मात्रा असन्तुलित भएको अस्पतालले औपचारिक जानकारी दिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पतालले जनाएको छ । ज्वरो नियन्त्रणमा आएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...