News Portal

कांग्रेस सभापति देउवाले गरे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना

हिमाली संचार संवाददाता
८०४ पटक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्ट लगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले विहानै प्रधानमन्त्री अोलीलार्इ भेटेका थिए ।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको छातीमा संक्रमण हुनुका साथै सुगरको मात्रा असन्तुलित भएको अस्पतालले औपचारिक जानकारी दिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पतालले जनाएको छ । ज्वरो नियन्त्रणमा आएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...