News Portal

नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

हिमाली संचार संवाददाता
६२९ पटक

काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । महासचिव विष्णु पौडेलले आईतबार एक सुचना जारी गरी कात्तिक १२ र १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक अर्को सुचना जारी नहुँदा सम्मका लागि स्थगित भएको जनाएका छन् ।

यसअघि पार्टी एकीकरणका काम, कार्य्विभाजन र सरकारका कामको समीक्षा लगायतका एजेण्डामा छलफल गर्ने गरी स्थायी कमिटी बैठकको मिति तय भएको थियो ।  गत बिहिबार बसेको नेकपाको सचिवालय बैठकले १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै पछि सार्ने निर्णय गरेको थियो ।

सोही बैठकले तल्ला तहका संगठनको एकीकरण टुंगो लगाउन साथै केन्द्रीय सदस्यहरुको कार्य विभाजनका लागि भन्दै दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन् ।

कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिनेछ भने जिल्ला र जनवर्गिय संगठनको पनि टुंगो लगाउने छ । सोही कार्यदलले केन्द्रीय सदस्यको कार्य विभाजन र केन्द्रीय विभाग, अन्य कमिटी, पोलिटव्यूरो गठन गर्ने लगाएतका कामको पनि टुंगो लगाउने छ ।

कार्यदलले काम सम्मपन्न गरेपछि पुन सचिवालयको बैठक बस्ने छ । सचिवालय बैठकले कार्यदलले तयार पारेको रिपोर्टका आधारमा स्थायी कमिटीका लागि प्रस्ताव तयार गर्ने छ । त्यसपछि मात्रै स्थायी कमिटी बैठकको मिति तय हुने बताईएको छ ।

तर, पार्टी एकीकरणको पाँच महिना बिति सक्दा अहिले सम्म दुईपटक मात्रै स्थायी कमिटीको बैठक बस्न सकेको छ । कार्तिक १२ र १३ गतेको तेस्रो बैठक पनि स्थगित भएपछि नेकपाका नेताहरुमा अन्यौलता बढेको छ । नेताहरुले बारम्बार बैठकको माग गरेपनि नेतृत्वले वास्ता गरेको छैन ।

पार्टी विधानमा स्थायी कमिटीलाई निर्णायक बनाइए पनि पछिल्लो समय नेकपाका महत्वपूर्ण निर्णय ९ सदस्यीय सचिवालयले गर्दै आएको छ ।  जसको पार्टीभित्रैबाट आलोचना बढ्दो छ । स्थायी कमिटी बैठक गत साउनदेखि पौँचौ पटक स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...