News Portal

नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

हिमाली संचार संवाददाता
५८८ पटक

काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । महासचिव विष्णु पौडेलले आईतबार एक सुचना जारी गरी कात्तिक १२ र १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक अर्को सुचना जारी नहुँदा सम्मका लागि स्थगित भएको जनाएका छन् ।

यसअघि पार्टी एकीकरणका काम, कार्य्विभाजन र सरकारका कामको समीक्षा लगायतका एजेण्डामा छलफल गर्ने गरी स्थायी कमिटी बैठकको मिति तय भएको थियो ।  गत बिहिबार बसेको नेकपाको सचिवालय बैठकले १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै पछि सार्ने निर्णय गरेको थियो ।

सोही बैठकले तल्ला तहका संगठनको एकीकरण टुंगो लगाउन साथै केन्द्रीय सदस्यहरुको कार्य विभाजनका लागि भन्दै दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन् ।

कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिनेछ भने जिल्ला र जनवर्गिय संगठनको पनि टुंगो लगाउने छ । सोही कार्यदलले केन्द्रीय सदस्यको कार्य विभाजन र केन्द्रीय विभाग, अन्य कमिटी, पोलिटव्यूरो गठन गर्ने लगाएतका कामको पनि टुंगो लगाउने छ ।

कार्यदलले काम सम्मपन्न गरेपछि पुन सचिवालयको बैठक बस्ने छ । सचिवालय बैठकले कार्यदलले तयार पारेको रिपोर्टका आधारमा स्थायी कमिटीका लागि प्रस्ताव तयार गर्ने छ । त्यसपछि मात्रै स्थायी कमिटी बैठकको मिति तय हुने बताईएको छ ।

तर, पार्टी एकीकरणको पाँच महिना बिति सक्दा अहिले सम्म दुईपटक मात्रै स्थायी कमिटीको बैठक बस्न सकेको छ । कार्तिक १२ र १३ गतेको तेस्रो बैठक पनि स्थगित भएपछि नेकपाका नेताहरुमा अन्यौलता बढेको छ । नेताहरुले बारम्बार बैठकको माग गरेपनि नेतृत्वले वास्ता गरेको छैन ।

पार्टी विधानमा स्थायी कमिटीलाई निर्णायक बनाइए पनि पछिल्लो समय नेकपाका महत्वपूर्ण निर्णय ९ सदस्यीय सचिवालयले गर्दै आएको छ ।  जसको पार्टीभित्रैबाट आलोचना बढ्दो छ । स्थायी कमिटी बैठक गत साउनदेखि पौँचौ पटक स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...