News Portal

कुवेतको दूतावासले नेपालीलाई भारतीय नागरिक बनाइदिएपछि ३ महिनादेखि कुवेतको जेलमा

योगेन्द्र योगी
११४६ पटक

कुवेत सिटी। कुवेतस्थित नेपाली रादूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ। मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशीले आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा पत्र लेखेपछि सो तथ्य बाहिरिएको हो।

उनले तीन महिनादेखि आफूलाई कुवेतको सोइबको सीआईडी पुलिस जेलमा राखिएको पत्रमा उल्लेख गरेका छन्। ट्राभल डकुमेन्ट्स बनाउने क्रममा नेपाली दूतावासले भारतीय नागरिक भनी उल्लेख गरिदिएकाले आफूले समस्या भोग्नुपरिरहेको उनले पत्रमा लेखेका छन्। राजवंशीले आफ्नो समस्यालाई लिएर पटकपटक दूतावाससमक्ष अनुरोध गरेपनि बेवास्ता गर्ने गरेको पनि पत्रमा उल्लेख गरेका छन्।

उनले ‘आफ्नो सिभिल आईडीको फोटो खिची अन्य कागजात मिलाई कुवेत पुलिसले नेपाल पठाउँछु, सफर जेलमा लग्दा राष्ट्रियता फरक पर्न गई म नेपालीलाई भारतीय नागरिक बनाई दिएकाले नेपाल फर्कन समस्या भएको’ पत्रमा उल्लेख गरेका छन्।

कुवेत पुलिसले आफूलाई भारतीय नागरिक भन्दै नेपाल फर्कन रोक लगाएपछि कुवेतमा रहेको नेपाली दूतावासमा राष्ट्रियता सच्याई दिन पटकपटक अनुरोध गर्दा पनि नसुनेको र दूतावासका कर्मचारी जेलमै आएको बेलामा भेटेर समस्या सुनाउँदा पनि कुनै सुनवाइ नगरेपछि पत्र लेखेको उनले बताए।

दूतावासले बेवास्ता गरेपछि पत्रमार्फत घरपरिवारलाई जानकारी गराएपछि उनको परिवारले सो पत्र कुवेतमा रहेका विभिन्न संघसंस्थालाई पठाएपछि दूतावासको गल्ती बाहिरिएको हो। सो पत्र विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीकहाँ पनि पुगेको थियो।

अध्यक्ष सुवेदी भन्छन्, ‘मंगलबार बिहान उठ्नासाथ मेसेन्जरमा हातले कोरिएको एउटा पत्र प्राप्त भयो, सुरुमा त खासै चासो दिइनँ, पछि उसले लेखेको मेसेजमा आँखा गयो, पीडितको आफन्त हो या उसको साथी, जसले मबाट हुन सक्ने सहयोगको अपेक्षा माग्नुभएको रहेछ।’

उनले भने, ‘त्यसपछि चिठीतिर आँखा दौडाउन थालें, अरुणकुमार राजवंशी भन्ने भाइले कुवेतको जेलबाट आफ्ना बुबाआमासँग गुहारका लागि कोरेको पत्र रहेछ। पूरै पढें, त्रुटि हाम्रै नेपाली दूतावासलाई देखाइएको रहेछ। भाइको ट्राभल डकुमेन्ट्स बनाउने क्रममा भारतीय नागरिक भनी उल्लेख गरिएको कारण उसलाई डिपोर्ट जेल पुर्याएपछि कागजातमा त्रुटि भेटिएको भनेर पुनः जेलमै फिर्ता गरिएको रहेछ।’

यो पनि पढ्नुहोस्।

कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार 

उनले दूतावासलाई पटकपटक त्यसबारे जानकारी दिँदा पनि दूतावासबाट कुनै रेस्पोन्स नपाएपछि अन्तिम विकल्पका रूपमा नेपालमा रहेका आफ्नो बुबाआमालाई र नेपालमा रहेका विभिन्न संघसंस्था, जनप्रतिनिधि, सञ्चारमाध्यमलगायतलाई उद्धारका लागि पत्र लेखेको आफूले पाएको बताए।

उनले पीडिको पत्र पाएपछि आफूले लगत्तै दूतावाससँग कुराकानी गरेको र चाँडै ट्राभल डकुमेन्ट्स सच्चाएर पठाउने तयारी भइरहेको जवाफ पाएको बताए।

उनले केही दिनअघि पनि दूतावासबाट जारी भएको डकुमेन्टमा त्रुटि भई घर फिर्ती हुन ढिलाइ भएकोमा आक्रोश पोख्दै एक जना नेपाली एनआरएनए आफूकहाँ आएको पनि बताए। उनलाई निरन्तर फलोअप गरेर समस्या समाधान गरी नेपाल पठाउन सफल भएको उनले बताए।

दूतावासले गर्नुपर्ने कागजी प्रक्रियामा यस्ता त्रुटि भेटिँदा धेरै दाजुभाइ दिदीबहिनीको जेल बसाई लम्बिएको भन्दै दूतावासका कर्मचारीलाई आगामी दिनमा यस्ता विषयमा विशेष ध्यान दिन पनि उनले अनुरोध गरेका छन्। यता दूतावासले पनि गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...