आज : २०२६-०८-२१, शुक्रबार

कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार

कुवेत सिटी। एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ।

उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन। उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको थियो। दुबइमा भिजिट भिषामा पुगेकी सन्ध्यासंग कुवेत पुग्न भने वर्किङ भिषा नै थियो र पुगे लगत्तै उनी घरेलु कामको करारमा बांधिएकी थिइन। तर उनले घरमा काम गर्न सकिनन र एनआरएनएको पहलमा बिशेषतः अध्यक्ष धिरेन सुवेदीले एजेन्टसंग सम्वाद गरी उद्धारलाइ सम्भव बनाउन मदत गरेका हुन।

सन्ध्या एक प्रतिनिधि पात्र मात्रै हुन, कुवेतमा यो नियती ब्यहोर्ने सैयौं नेपाली महिलाहरू रहेका छन, जो युएइमा भिजिटमा आइ अन्ततः कुवेत पुग्छन।

नेपाल सरकारले घरेलु काममा कुवेत जान प्रतिबन्ध लगाएकाले नेपालबाटै श्रम स्वीकृति लिइ कुवेत आउन सक्दैनन र नेपालको कानुन बमोजिम पाउनुपर्ने न्याय र सुरक्षा पाउन सक्दैनन। नेपाल सरकारले जान पनि नदिने, रोक्न पनि नसक्ने मौजुदा लाचारीको शिकार सन्ध्या जस्ता कैयन नेपाली महिलाहरू परि नै रहेका छन।

यो पनि पढ्नुहोस्।