News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • यति धेरै शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना : रविन्द्र मिश्र

    हिमाली संचार संवाददाता
    ५४१ पटक

    पोखरा– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताएका छन् । साझा विवेकशील पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना भएको प्रतिक्रिया दिएका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पुरै अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर आफुहरुले केहि गर्न नसकेको बताउनु सरकारको लज्जास्पद व्यवहार भएको बताए । उनले भने–‘कसैले आलोचना गरेको देख्न नसक्ने अनि आफ्ना कार्यकर्तालाई अरिंगाल भएर जाइलाग्न निर्देशन दिने सरकारको नेतृत्व देखेर साँच्चै विरक्त लागेर आउँछ ।’ मिश्रले भने–‘सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ ।’

    सरकारको जस्तै लाचारीपना प्रमुख प्रतिपक्षी दलको पनि देखिएकोले जनतामा झन् बढि निराशा प्रवाह भएको उनले बताए । जनताको अपेक्षा पुरा गर्ने सम्बन्धमा केहि पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे । ‘अब त जनताले पनि हामी अहिलेसम्म भ्रममा रहेछौँ भन्ने कुरा महशुस गरिसकेका होलान् ।’

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २३, २०८२ (मे ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    झोलुङ्गे पुलबाट कुकुर खोलामा फ्याँक्ने घटना : मानवीयता बिर्सिएका दृश्यले देश आक्रोशित

    काठमाडौं, वैशाख २२ – देशभर अहिले एउटा डरलाग्दो भिडियोले सबैको मन काँपिएको छ। सामाजिक सञ्जालमा...

    बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा, सरकारी भाषा दिवसको अवसरमा निर्णय

    काठमाडौं, वैशाख २२ – बागमती प्रदेश सरकारले यही वैशाख २४ गते, बुधबारका दिन सार्वजनिक बिदा...

    प्रधानमन्त्री संसद भवन छिर्दै गर्दा पत्रकारको प्रश्नले चिढिए, बोले— ‘तरिका हुन्छ नि तपाईंहरूको!’

    काठमाडौं, वैशाख २२ – प्रतिनिधि सभाको सोमबारको बैठकमा राजनीतिक रूपमा फरक तर सन्देशमूलक दृश्य देखियो।...

    धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

    धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित...