News Portal

यति धेरै शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना : रविन्द्र मिश्र

हिमाली संचार संवाददाता
६६३ पटक

पोखरा– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताएका छन् । साझा विवेकशील पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना भएको प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पुरै अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर आफुहरुले केहि गर्न नसकेको बताउनु सरकारको लज्जास्पद व्यवहार भएको बताए । उनले भने–‘कसैले आलोचना गरेको देख्न नसक्ने अनि आफ्ना कार्यकर्तालाई अरिंगाल भएर जाइलाग्न निर्देशन दिने सरकारको नेतृत्व देखेर साँच्चै विरक्त लागेर आउँछ ।’ मिश्रले भने–‘सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ ।’

सरकारको जस्तै लाचारीपना प्रमुख प्रतिपक्षी दलको पनि देखिएकोले जनतामा झन् बढि निराशा प्रवाह भएको उनले बताए । जनताको अपेक्षा पुरा गर्ने सम्बन्धमा केहि पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे । ‘अब त जनताले पनि हामी अहिलेसम्म भ्रममा रहेछौँ भन्ने कुरा महशुस गरिसकेका होलान् ।’

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...