News Portal

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक बने भण्डारी

हिमाली संचार संवाददाता
६८३ पटक

पोखरा : विवेकशील साझा पार्टीले युवा व्यवसायी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजक घोषणा गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले भण्डारीलाई माटोको टीका लगाएर पार्टीको गण्डकी प्रदेश सँयोजक घोषणा गरेका हुन् ।

भण्डारी बिग एफएमका संचालक समेत हुन् । भण्डारीले पार्टीले दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाउने बताए ।

विवेकशील साझा पार्टी अहिले संगठन विस्तारमा जुटेको छ । पार्टीले सुदूरपश्चिम, कणर्ाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकको घोषणा गरिसकेको छ । प्रदेश १ र २ मा पनि छिट्टै कार्यक्रम आयोजना हुने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...