आज : २०२६-०६-०८, सोमबार

कला ढकालका तीन मुक्तकहरु

मुक्तक – १
कसैलाई सम्झिनु पर्यो कसैलाई विर्सनु पर्यो
जीन्दगीभर एक पागल भएर तड्पिनु पर्यो
समाजमा जातीय विभेद भएकै कारणले
आज चोखो माया गर्नेहरुले छुट्टिनु पर्यो ।।

मुक्तक – २
खै कति जिउँनु दुखेको मन सम्झिएर यहाँ
घाइते मनलाई बेला-बेला चोट दिएर यहाँ
भोग्दै आए बिगत देखि वर्तमान सम्म
रोएर पनि न सकिने आँसु पिएर यहाँ ।।

मुक्तक – ३
घरीघरी कठिन परिस्थिति नै आए जस्तै
दुस्मनले चारतिरबाट मलाई नै सताए जस्तै
आफ्नै जीन्दगी चितामा जलेको भान भएछ
लाग्छ कसैले जिउँदै आगो लगाए जस्तै ।।।

~ कला ढकाल
दमक, झापा।