News Portal

संविधान र सङ्घीयता कार्यान्वयन हुन सकेन : नेता निधि

हिमाली संचार संवाददाता
४९१ पटक

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस २ नं। क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले संविधानका अनुसूचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट हुन्छ भने ।

उनले सरकार संविधान, सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा सरकारले दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाए ।

नेपाली काँग्रेसका अर्का नेता रमेश लेखकले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार जनताको जीउधन र शान्ति सुरक्षा दिन असफल भएको दाबी गरेका छन् ।

क्षेत्रीय सभापति नारायणभक्त खायमालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले एकता, सहमति र सहकार्य लोकतन्त्र सुदृढीकरणको मूलमन्त्र भएको बताए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मध्यपुर र सूर्यविनायक नगरपालिकाका २५० प्रतिनिधि सम्मेलनमा सहभागी छन् । सम्मेलनले सहभागी प्रतिनिधिसँग रचनात्मक सुझाव सङ्कलन गर्नेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...