News Portal

प्रधानमन्त्री ओली  चियापान कार्यक्रममा अनुपस्थित

हिमाली संचार संवाददाता
५०० पटक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले  शनिबार आयोजना गरेको  कार्यक्रममा समेत अनुपस्थित भएका छन् ।

स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।

चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको बताइएपनि २० हजारलाई मात्रै नास्ता तयार गरिएको छ ।

प्रतिकृया दिनुहोस्

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...