News Portal

पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

अगन्धर तिवारी
५७१ पटक

पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ।

गिरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा कुनै पनि पत्रकारको व्यक्तिगत रुपमा नाम नलिई समग्र जिल्लाको पत्रकारिताबारे निर्मम टिप्प्पणी गर्दै स्टाटस लेखेका थिए। उनको स्टाटसमा विभिन्न पत्रकारहरुले गरेको कमेन्टमा गिरीले प्रतिक्रिया लेखेको देखिन्छ। कतिपय प्रतिक्रियामा गिरीले अपशब्द प्रयोग गरेको देखिन्छ।

प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले पत्रकार महासंघको लेटर प्याडमै गिरीविरुद्ध उजुरी परेपछि आफूहरुले पक्राउ पुर्जी गरेको बताए। पत्रकारहरुले गिरीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम निजलाई कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गराएका थिए।

महासंघका जिल्ला अध्यक्ष सन्तोष थापाले महासंघको नामसहित राखेर गिरीविरुद्ध किटानी जाहेरी दिइएको बताए। उनले प्रत्येक उजुरीकर्तालाई गिरीले के-के शब्द प्रयोग गरेर आरोप लगाए भनेर त्यसमा खुलाइएको बताए। उजुरी गर्ने मध्ये गणेश पौडेल पूर्वकार्यवहाक अध्यक्ष, छविलाल तिवारी निर्वतमान अध्यक्ष एवं पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...