News Portal

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नवीकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ?

हिमालीसंचार संवाददाता
१६४५ पटक

कुवेत– पछिल्लो समय कुबेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ। नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ। कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नबिकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ। पछिल्लो समय पासपोर्ट नविकरण गर्नेको लागि अनलाइनमा केही समस्या आएकाे छ भनेर दूतावासले स्वीकार गरेपनि समस्याको समाधान भने भएको छैन।

दैनिकरुपमा नेपाली दुतावास कुवेतमा पासपोर्ट नवीकरण गर्नेको भिड  देखिन्छ।राहदानी नवीकरणको लागि अनलाइन फारम भर्न हामीलाई सम्पर्क गर्नुहोस् भनेर सामाजिक सञ्जालमा थुप्रै सूचनाहरु देखिन्छ। केही सिमित व्यक्तिहरुले फ्रीमा सेवा दिएकाे पनि देखेकाे छौं। तर नेपाली दूतावासको कुबेतको गेटैमा बसेर अनलाइन फारम भरे बापत् ५ केडि देखि १० केडीसम्म लिएकाे जनगुनासो आएपछि हामी स्थलगत निरिक्षण गर्न दुतावास पुग्यौं।

दूतावास बाहिर गेटकै नजिक पुगेपछि एक/दुई जना अपरिचित व्यक्तिलाई सोध्दा मेरो पासपोर्ट नविकरण गराउनु थियो। कसरी भर्न हाेला भनेर सोध्दा, एकजना अपरिचित व्यक्तिले भने सुरक्षा गार्ड बस्ने ठाउँ नजिकै टेबल छ। त्यहाँ गएर कुरा गर्नुु पासपोर्ट नबीकरण अनलाइन भरिदिनेे कुरा गरे। नभन्दै सेक्युरिटी गार्डको नजिकै एउटा टेबुल राखेर सेवा दिन बसेका रहेछन्।

यो पनि पढ्नुहोस्।

कुवेतमा घरेलु कामदारलाई नेपाल सरकारले बन्द गरेपनि बिचाैलियाहरु सक्रिय ?  

बाहिरको यो गतिविधि देखेपछि पैसा लिन दिन हुने प्रष्ट देखियो। एक जनासंग ५ देखि १० केडीसम्म लिने रहेछन्। त्यसपछि एकजना पासपोर्ट नबीकरण गर्न आएका सेवाग्राहीलाई सोधेका थियौं। तपाइको अनलाइन फारम भर्नुभयो भनेर सोध्दा सेवाग्राहीले जवाफ दिए मेरो काम भयाे भनेर हतारहतारमा आफ्नो बाटो लागे।

के कुवेतमा भएको समाजसेवा यहि हाे त ? एउटा अनलाइन फारम भर्दा समेत नेपालीहरुलाई ठग्ने अनि समाजसेवा रे याे कहिलेसम्म त ? यस्ता गतिविधि गर्नेलाई नेपाली दूतावास कुवेतले कारवाही नै गर्नुपर्ने हुन्छ। याे घटनाकाे बारेमा नेपाली दुताबास कुवेतका कार्यवहाक राजदूत सुजनी रानालाई त्यतिखेर नै जानकारी गराइयो। कार्यवहाक राजदूतले दूतावासको बाहिर यस्ता गतिविधि गर्न नदिने र पासपोर्ट नविकरण कुनै समस्या भए दूतावासको कर्मचारीसँग सिधै सम्पर्क गर्न अनुरोध गरे।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...