News Portal

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नवीकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ?

हिमालीसंचार संवाददाता
१५८१ पटक

कुवेत– पछिल्लो समय कुबेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ। नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ। कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नबिकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ। पछिल्लो समय पासपोर्ट नविकरण गर्नेको लागि अनलाइनमा केही समस्या आएकाे छ भनेर दूतावासले स्वीकार गरेपनि समस्याको समाधान भने भएको छैन।

दैनिकरुपमा नेपाली दुतावास कुवेतमा पासपोर्ट नवीकरण गर्नेको भिड  देखिन्छ।राहदानी नवीकरणको लागि अनलाइन फारम भर्न हामीलाई सम्पर्क गर्नुहोस् भनेर सामाजिक सञ्जालमा थुप्रै सूचनाहरु देखिन्छ। केही सिमित व्यक्तिहरुले फ्रीमा सेवा दिएकाे पनि देखेकाे छौं। तर नेपाली दूतावासको कुबेतको गेटैमा बसेर अनलाइन फारम भरे बापत् ५ केडि देखि १० केडीसम्म लिएकाे जनगुनासो आएपछि हामी स्थलगत निरिक्षण गर्न दुतावास पुग्यौं।

दूतावास बाहिर गेटकै नजिक पुगेपछि एक/दुई जना अपरिचित व्यक्तिलाई सोध्दा मेरो पासपोर्ट नविकरण गराउनु थियो। कसरी भर्न हाेला भनेर सोध्दा, एकजना अपरिचित व्यक्तिले भने सुरक्षा गार्ड बस्ने ठाउँ नजिकै टेबल छ। त्यहाँ गएर कुरा गर्नुु पासपोर्ट नबीकरण अनलाइन भरिदिनेे कुरा गरे। नभन्दै सेक्युरिटी गार्डको नजिकै एउटा टेबुल राखेर सेवा दिन बसेका रहेछन्।

यो पनि पढ्नुहोस्।

कुवेतमा घरेलु कामदारलाई नेपाल सरकारले बन्द गरेपनि बिचाैलियाहरु सक्रिय ?  

बाहिरको यो गतिविधि देखेपछि पैसा लिन दिन हुने प्रष्ट देखियो। एक जनासंग ५ देखि १० केडीसम्म लिने रहेछन्। त्यसपछि एकजना पासपोर्ट नबीकरण गर्न आएका सेवाग्राहीलाई सोधेका थियौं। तपाइको अनलाइन फारम भर्नुभयो भनेर सोध्दा सेवाग्राहीले जवाफ दिए मेरो काम भयाे भनेर हतारहतारमा आफ्नो बाटो लागे।

के कुवेतमा भएको समाजसेवा यहि हाे त ? एउटा अनलाइन फारम भर्दा समेत नेपालीहरुलाई ठग्ने अनि समाजसेवा रे याे कहिलेसम्म त ? यस्ता गतिविधि गर्नेलाई नेपाली दूतावास कुवेतले कारवाही नै गर्नुपर्ने हुन्छ। याे घटनाकाे बारेमा नेपाली दुताबास कुवेतका कार्यवहाक राजदूत सुजनी रानालाई त्यतिखेर नै जानकारी गराइयो। कार्यवहाक राजदूतले दूतावासको बाहिर यस्ता गतिविधि गर्न नदिने र पासपोर्ट नविकरण कुनै समस्या भए दूतावासको कर्मचारीसँग सिधै सम्पर्क गर्न अनुरोध गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...