News Portal

कुवेतमा घरेलु कामदारलाई नेपाल सरकारले बन्द गरेपनि बिचाैलियाहरु सक्रिय ?

हरि बानियाँ
६४० पटक

कुवेत। स्वदेशमा रोजगारी नपाएपछि रोजगारीका लागि युवायुवतीहरु बिदेशिन बाध्य हुन्छन्। सके स्वदेशभित्रै रोजगारीको अवसर प्रदान गर्ने नभए जानेर, बुझेर, सीप सिकेर मात्र वैदेशिक रोजगारमा जानुपर्छ भन्ने कुरा स्थानीय सरकारले बुझाउन सक्नुपर्छ। नेपाली आर्थिक, सामाजिक जीवनको महत्त्वपूर्ण हिस्सा वैदेशिक रोजगार बनिसकेको छ। वैदेशिक रोजगारको सवाल झन्डै नेपालीको प्रत्येक घरसँग जोडिँदैछ।

वैदेशिक रोजगारको आकारमा वृद्धि हुनुको पछाडि मुलुकमा रोजगारीका अवसरकाे अभावलाई लिइन्छ। मुलुकमा प्रतिवर्ष रोजगार बजारमा आउने चार लाख पचास हजार युवामध्ये अधिकांशको रोजगारको माध्यम वैदेशिक रोजगार नै बनेको छ। करिब बीस वर्षको उच्च वैदेशिक रोजगारको प्रभाव र असर मुलुकको सामाजिक जीवन र अर्थतन्त्रमा स्वाभाविक रूपमा देखिएका छन्।

गरिबीको आकार घटाउन यसले मद्दत पुर्‍याएको छ। कठिन समयमा पनि विदेशी मुद्रा आर्जन, भक्तुानी सन्तुलन आदिका हिसाबले विप्रेषण अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ। तर यसको समाजिक प्रभाव त्यति सकारात्मक हुन सकिरहेको छैन। वैदेशिक रोजगारबाट फर्किएका एक तिहाइभन्दा बढी श्रमिक पुन: वैदेशिक रोजगारमा जाने गरेको, प्राप्त विप्रेषणको उत्पादनमूलक उपयोग हुन नसकेको, बालबालिका आमाबाबुसँंग हुर्कन नपाएको, युवाजोडी विछोडिनुका कारण प्रजनन दरमा अस्वाभाविक कमीजस्ता थुप्रै पक्षले दीर्घकालीन असर छाड्नेछन्। वैदेशिक रोजगारको क्षेत्र सुशासनका दृष्टिले समेत सकारात्मक रहन सकेको छैन।

वैदेशिक रोजगारीको मुख्य थलो खाडीमुलुक नै रहेको छ। नेपालदेखि खाडीमुलुकसम्म मेनपावर तथा एजेन्ट धेरै नै सक्रिय छन्। कुवेतमा लगभग ९५ हजारभन्दा माथि नेपाली कामदार कुवेतमा काम गर्छन्। साना तथा मझौला कम्पनीमा भने प्रायजसो दैनिक रुपमा समस्या परिरहेकाे हुन्छ। यसरी दैनिक रुपमा साना तथा मझौला कम्पनीमा समस्या परिरहेकाे हुनाले यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर नेपाली दूतावास कुवेतले एउटा औपचारिक कार्यक्रम समेत गर्न सकेको छैन। कुवेतमा रहेकाे मेनपावर व्यवसायी, मिडिया, एनआरएनएलगायत विभिन्न संघसंस्थालाईसमेत सबैलाई राखेर सल्लाह सुझाव पनि लिन सकिन्थ्यो नि ? केही समय यता कुबेतमा दलाली तथा बिचौलिया नेपालदेखि कामदार ल्याउनको लागि सक्रिय छन्।

नेपालमा रोजगारी नपाउने र वैदेशिक रोजगारमा जानका लागि बाध्य हुन्छन्। फिलिपिन्स तथा इजिप्टको भिसा बन्द भएको कारणले गर्दाखेरि नै नेपालदेखि कामदारको माग बढिरहेको पनि छ। यसरी नेपालदेखि कामदारको माग बढ्नु पनि एउटा राम्रो पक्ष हो भने अर्को नेपाल सरकार श्रम तथा वैदेशिक रोजगार विभागले आफ्नो कामदारको हकहितको लागि दरिलो कानुन बनाउनुपर्छ। नेपाल सरकारले वैदेशिक रोजगारमा कामदार पठाउनु भन्दा अगाडि एउटा सिपमुलक तालिम पनि दिनु आवश्यक छ।

डिमान्ड पास गर्नु भन्दा अगाडि कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी लिएर मात्रै डिमान्ड पास गर्नपर्ने आवश्यकता देखिन्छ तर त्यो अहिलेसम्म भएको देखिँदैन। नेपाली दुताबास कुवेतका श्रम सहचारी तथा राजदूतलाई हामीले बारम्बार भेटेर श्रमिकको हकहितको बारेमा बोल्नको लागि भनेका थियौं तर उहाँहरु कहिल्यै पनि सुन्नुहुँदैन्। सधैं जसो उहाँहरूले केही समय पछाडि हामी तपाईंहरुलाई बोलाउँछौ, जानकारी दिन्छौ जस्ता वचनले टार्ने गर्नुभएको छ।

कुवेतमा घरेलु कामदार ल्याउनको लागि नेपाल सरकारले बन्द गरेपनि म्यानपावर व्यवसायी तथा बिचाैलियाहरुले निकै सक्रिय रुपमा नेपालदेखि कामदार रहेका छन्। यस विषयमा नेपाली राजदूतावास कुवेत मात्रै दोषी छैन। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बैदेशिक बिभाग पनि छ। कुवेतमा आफूलाई मेनपावर व्यवसायी भन्ने पनि उत्तिकै दोषी देखिन्छ।

जसरी पनि नेपालदेखि कुवेत कामदार ल्याउन मेनपावर व्यवसायी तल्लीन भएर काम गर्ने गर्छन्। कुवेतमा आएको १/२ महिना काम गर्दासमेत उनीहरूले तलव नपाएको र केही महिना दिन पछि कामदारहरु रोइकराई गरेका भिडियोहरू सामाजिक संजालमा आइरहेका देखिन्छन्।

यो पनि पढ्नुहोस्।

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नवीकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ? 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...