News Portal

कुवेतमा घरेलु कामदारलाई नेपाल सरकारले बन्द गरेपनि बिचाैलियाहरु सक्रिय ?

हरि बानियाँ
७१५ पटक

कुवेत। स्वदेशमा रोजगारी नपाएपछि रोजगारीका लागि युवायुवतीहरु बिदेशिन बाध्य हुन्छन्। सके स्वदेशभित्रै रोजगारीको अवसर प्रदान गर्ने नभए जानेर, बुझेर, सीप सिकेर मात्र वैदेशिक रोजगारमा जानुपर्छ भन्ने कुरा स्थानीय सरकारले बुझाउन सक्नुपर्छ। नेपाली आर्थिक, सामाजिक जीवनको महत्त्वपूर्ण हिस्सा वैदेशिक रोजगार बनिसकेको छ। वैदेशिक रोजगारको सवाल झन्डै नेपालीको प्रत्येक घरसँग जोडिँदैछ।

वैदेशिक रोजगारको आकारमा वृद्धि हुनुको पछाडि मुलुकमा रोजगारीका अवसरकाे अभावलाई लिइन्छ। मुलुकमा प्रतिवर्ष रोजगार बजारमा आउने चार लाख पचास हजार युवामध्ये अधिकांशको रोजगारको माध्यम वैदेशिक रोजगार नै बनेको छ। करिब बीस वर्षको उच्च वैदेशिक रोजगारको प्रभाव र असर मुलुकको सामाजिक जीवन र अर्थतन्त्रमा स्वाभाविक रूपमा देखिएका छन्।

गरिबीको आकार घटाउन यसले मद्दत पुर्‍याएको छ। कठिन समयमा पनि विदेशी मुद्रा आर्जन, भक्तुानी सन्तुलन आदिका हिसाबले विप्रेषण अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ। तर यसको समाजिक प्रभाव त्यति सकारात्मक हुन सकिरहेको छैन। वैदेशिक रोजगारबाट फर्किएका एक तिहाइभन्दा बढी श्रमिक पुन: वैदेशिक रोजगारमा जाने गरेको, प्राप्त विप्रेषणको उत्पादनमूलक उपयोग हुन नसकेको, बालबालिका आमाबाबुसँंग हुर्कन नपाएको, युवाजोडी विछोडिनुका कारण प्रजनन दरमा अस्वाभाविक कमीजस्ता थुप्रै पक्षले दीर्घकालीन असर छाड्नेछन्। वैदेशिक रोजगारको क्षेत्र सुशासनका दृष्टिले समेत सकारात्मक रहन सकेको छैन।

वैदेशिक रोजगारीको मुख्य थलो खाडीमुलुक नै रहेको छ। नेपालदेखि खाडीमुलुकसम्म मेनपावर तथा एजेन्ट धेरै नै सक्रिय छन्। कुवेतमा लगभग ९५ हजारभन्दा माथि नेपाली कामदार कुवेतमा काम गर्छन्। साना तथा मझौला कम्पनीमा भने प्रायजसो दैनिक रुपमा समस्या परिरहेकाे हुन्छ। यसरी दैनिक रुपमा साना तथा मझौला कम्पनीमा समस्या परिरहेकाे हुनाले यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर नेपाली दूतावास कुवेतले एउटा औपचारिक कार्यक्रम समेत गर्न सकेको छैन। कुवेतमा रहेकाे मेनपावर व्यवसायी, मिडिया, एनआरएनएलगायत विभिन्न संघसंस्थालाईसमेत सबैलाई राखेर सल्लाह सुझाव पनि लिन सकिन्थ्यो नि ? केही समय यता कुबेतमा दलाली तथा बिचौलिया नेपालदेखि कामदार ल्याउनको लागि सक्रिय छन्।

नेपालमा रोजगारी नपाउने र वैदेशिक रोजगारमा जानका लागि बाध्य हुन्छन्। फिलिपिन्स तथा इजिप्टको भिसा बन्द भएको कारणले गर्दाखेरि नै नेपालदेखि कामदारको माग बढिरहेको पनि छ। यसरी नेपालदेखि कामदारको माग बढ्नु पनि एउटा राम्रो पक्ष हो भने अर्को नेपाल सरकार श्रम तथा वैदेशिक रोजगार विभागले आफ्नो कामदारको हकहितको लागि दरिलो कानुन बनाउनुपर्छ। नेपाल सरकारले वैदेशिक रोजगारमा कामदार पठाउनु भन्दा अगाडि एउटा सिपमुलक तालिम पनि दिनु आवश्यक छ।

डिमान्ड पास गर्नु भन्दा अगाडि कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी लिएर मात्रै डिमान्ड पास गर्नपर्ने आवश्यकता देखिन्छ तर त्यो अहिलेसम्म भएको देखिँदैन। नेपाली दुताबास कुवेतका श्रम सहचारी तथा राजदूतलाई हामीले बारम्बार भेटेर श्रमिकको हकहितको बारेमा बोल्नको लागि भनेका थियौं तर उहाँहरु कहिल्यै पनि सुन्नुहुँदैन्। सधैं जसो उहाँहरूले केही समय पछाडि हामी तपाईंहरुलाई बोलाउँछौ, जानकारी दिन्छौ जस्ता वचनले टार्ने गर्नुभएको छ।

कुवेतमा घरेलु कामदार ल्याउनको लागि नेपाल सरकारले बन्द गरेपनि म्यानपावर व्यवसायी तथा बिचाैलियाहरुले निकै सक्रिय रुपमा नेपालदेखि कामदार रहेका छन्। यस विषयमा नेपाली राजदूतावास कुवेत मात्रै दोषी छैन। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बैदेशिक बिभाग पनि छ। कुवेतमा आफूलाई मेनपावर व्यवसायी भन्ने पनि उत्तिकै दोषी देखिन्छ।

जसरी पनि नेपालदेखि कुवेत कामदार ल्याउन मेनपावर व्यवसायी तल्लीन भएर काम गर्ने गर्छन्। कुवेतमा आएको १/२ महिना काम गर्दासमेत उनीहरूले तलव नपाएको र केही महिना दिन पछि कामदारहरु रोइकराई गरेका भिडियोहरू सामाजिक संजालमा आइरहेका देखिन्छन्।

यो पनि पढ्नुहोस्।

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नवीकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ? 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...