News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रहरी अधिकृत बर्खास्त गरेर मात्र पुग्दैन, गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ : नेता लेखक

    हिमाली संचार संवाददाता
    ४०४ पटक

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् विद्यान मस्यौंदा संशोधन समितिका प्रवक्ता रमेश लेखकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    साक्षात्कारमा बोल्दै नेता लेखकले भने– ‘गृहमन्त्रीले मैले हत्यारा पत्ता लगाउन सकिन भन्नुपर्छ । नैतिक जिम्मेवारी लिनुपर्छ । प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेरमात्रै मुल विषयवस्तुबाट पन्छिने प्रयत्न हो भने त्यो अर्को दुर्भाग्य हुन्छ । सरकारले कारवाही गर्नुपर्ने आदि इत्यादी कुरा गरोस्, त्यसमा मेरो कुनै टिप्पणी छैन् । प्रहरी कर्मचारीलाईमात्रै दोषी ठहराएर बर्खास्त गर्ने कुरा, प्रहरी कर्मचारीको हाकिम त गृहमन्त्री हो नि । गृहमन्त्रीले नैतिक रुपमा बोल्नुपर्छकि पर्दैन् मैले हत्यारा पत्ता लगाउन सकिन भनेर बोल्नुपर्छकि पर्दैन् ? त्यसो भन्दै गर्दा सरकारमा बस्ने अधिकार हुन्छ कि हुँदैन् ? यो सरकारको माथि प्रश्न उठ्छन नि ।’

    साक्षात्कारमा बोल्दै उनले भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ९२ दिन भयो, तर सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । कञ्चनपुरका जनताले बलात्कारी र हत्यारा पक्राउ गर्न माग गरेका छन् । चाँडोभन्दा चाँडो वास्तविक अपराधी पत्ता लगाउनुपर्छ । प्रहरी अधिकृतलाई बर्खास्त गरेर मुल विषय र आफ्नो दायित्वबाट सरकार पन्छिनुहुँदैन् । यदि प्रहरी अधिकारीलाई बर्खास्त गरेर त्यसो गर्न खोजेको हो भने त्यो बेठीक कुरा हो । क–कसलाई कारबाही गर्नुपर्ने हो त्यो गरोस् ।’

    उनले निर्मला पन्तको बलात्कारपछिको हत्या जघन्य अपराध भएकोले सरकारले अहिलेसम्म अपराधी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको आरोप लगाए ।  फरक प्रसंगमा उनले संघीय सरकारले बनाउनुपर्ने संघीय कानुनहरु निर्माण गर्न ढिलाई गरिरहेको आरोप लगाए ।

    उनले भने, ‘यही भएर अहिले संघ र प्रदेशबीच द्वन्द्व बढेको छ  प्रदेश प्रहरी प्रदेश सरकारले बनाउने हो । अहिले संघीय सरकारले संघीयताविरोधी गतिविधिहरु गरिरहेको छ । ७ वटै प्रदेशबाट मुख्यमन्त्रीहरुले यस्तो गुनासो गरिरहेका छन् । सिंहदरबारको सरकारले संघीयता चाहेको छैन भनेर उहाँहरुको गुनासो छ । ७ वटा प्रदेशमध्ये ६ वटामा त नेकपाकै मुख्यमन्त्रीहरु छन् । तर, उहाँहरुले संघीय सरकारविरुद्ध बोल्ने हिम्मत गर्नुभएको छैन् ।’

    संघीय सरकारले समयमै संघीय कानुन नबनाउँदा प्रदेश र केन्द्रबीच द्वन्द्व बढिरहेको उनको भनाई छ । उनले सरकार गठन भएको ८ महिना पूरा भएर ९ महिना लागिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म अन्तर प्रदेश परिषद बैठक नराखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘सबैले संविधानबमोजिम आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

    संघीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले चाँडोभन्दा चाँडो कानुन ल्याउन सरकारसँग माग गरेका छन् । उनले भने,‘हिजोका कानुनहरु एकात्मक थिए, अब संघीय कानुनहरु ल्याउनुपर्छ । नेकपा र हाम्रो पार्टी सरकारमा छ । चाँडोभन्दा चाँडो कानुन ल्याओस् । संसद बैठक छिटो बसेर अब बाझिएका कानुनहरु सच्याउनुपर्छ । बाझिएका कानुनहरु तीन सयभन्दा बढि छन् । संघीय कानुन र प्रदेश कानुन दुवै संविधानको मातहात हो ।’

    नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले राजपा र फोरमको सीके राउत र सशस्त्र समूहरुसँग अन्तरसम्बन्ध रहेको आरोप लगाए ।  उनले भने,‘संविधान दिवसको दिन जनकपुरको रामानान्द चोकमा सीके राउतले मधेशलाई आजादी चाहिएको छ भनेर हिन्दीमा भाषण ठोके । छुट्टै देश बनाउनुपर्छ भनेर भाषण ठोके तर त्यसको २ नम्बर प्रदेशको सरकारले निन्दा र भत्र्सना पनि गर्न सकेन ।’

    त्यस्तै उनले प्रदेश नम्बर २ को सरकारको ०७५/७६ को बजेटमा हिन्दीमा कोटेशन फिट गरिएको भन्दै आपत्ति पनि जनाए । मण्डलले थपे,‘अब हामीलाई शंका लाग्न थालेको छ । मधेशी दलहरुको सीके राउतसँग अन्तरसम्बन्ध छ । उहाँहरुको अप्रत्यक्ष रुपमा देश टुक्रयाउन सहयोग छ भन्ने कुरा अहिले आएर मलाई विश्वास भयो । राष्ट्रमा संकट खडा गर्न उनीहरुको भूमिका छ।’

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...